साउन १५, सनफ्रानसिस्को । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, सनफ्रानसिस्को । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् । 
२०८२, २५ चैत्र बुधबार
काठमाडौँ - KTM

अभिनेता राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव

२०७३, १५ श्रावण शनिबार १२:४०

साउन १५, सनफ्रानसिस्को । बहुचर्चित अभिनेता राजेश हमाललाई अमेरिकामा सयौं नेपालीले राजदूत बनेर आउन प्रस्ताव गरेका छन् । 

सनफ्रानसिस्को बे–एरिया क्षेत्रका लागि पूर्व पर्यटज राजदूत र मदर ल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले हमालको सम्मानमा आयोजना गरेको रात्रीभोजमा विश्वका विभिन्न क्षेत्रबाट सहभागी बनेका नेपालीले यस प्रकारको प्रस्ताव राखेका हुन् । 

‘राजनीतिक दलका नेता र प्रशासकहरुको काम हेरियो, उनीहरुले मुलुकलाई अघिबढाउन सकेनन्, अब हामीलाई तपाईंजस्ता कलाकार चाहिएको छ, नागरिक समाजले देश चलाउनुप¥यो’ डीसी नेपालको प्रत्यक्ष प्रसारणमा सहभागी सयौं नेपालीमध्ये अधिकांशको यही प्रश्न थियो । तर हमालले यस प्रश्नको कूटनीतिक जबाफ दिएका थिए, ‘सदाशयताका लागि धन्यवाद, हेरौं भविष्य के हुन्छ !’

स्मरण रहोस्, राजेशका पिता चूडाबहादुर हमाल पनि राजदूत थिए । उनको असामयिक निधन पाकिस्तानका लागि राजदूत नियुक्त भएपछि भएको थियो । 

राजेशलाई अमेरिका ल्याउन यस पटक स्थानीय युवाहरु प्रकाश थापा, प्रिन्स युवराज कार्कीको योगदान रहेको छ भने अर्का युबा राजेन्द्रबाबु जोशी ले पनि बे एरियामा राम्रो समाज सेवा गरेको कुरा पाण्डेले जानकारी गराएका छन् । 

राजेशले २३० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् । पाण्डेको निवासमा सम्पन्न रात्रीभोजमा बे–एरिया क्षेत्रमा रहेका विशिष्ट व्यक्ति, व्यापारी र उद्यमीहरु गरी करिब ४० सहभागीको उपस्थिति थियो ।  अन्तमा पाण्डेले मौका आएमा राजेश हमाललाई अमेरिकामा राजदूत बन्ने प्रस्ताव राख्नुको साथै हाम्रो समर्थन छ, उनले भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण