विजय थापा | साउन १६, वाशिंगटन डिसी | भिन्तुना अन्तर्राष्ट्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | साउन १६, वाशिंगटन डिसी | भिन्तुना अन्तर्राष्ट्रि"/>
२०८२, ५ चैत्र बिहीबार
काठमाडौँ - KTM

डिसीमा समर म्युजिकल साँझ सम्पन्न (तश्विरहरु सहित)

२०७३, १६ श्रावण आईतवार १५:२८

विजय थापा | साउन १६, वाशिंगटन डिसी | भिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भयो l गत जुलाई ३० तारिख डिसी नजिक रहेको भर्जिनियाको एलेकजेनड्रिमा सम्पन्न उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l 
उक्त संगीतात्मक साँझमा गायक दिपेश किशोर भट्टराई, हरिश माथेमा, बाबु बोगटी, बिजय अधिकारी, सुनिल उप्रेती, निक्की कार्की, बिनय पौडेल, सुजाता उप्रेती नेपाली चलचित्रकि नायिका नन्दिता केसी, सौजन संग्रौला तथा नेप्रोक्रिज़को गीत तथा नृत्य प्रस्तुति रहेको थियो l 

दिपेश किशोर भट्टराईले मलाई माफ गरि देउ, भेडाको उन जस्तो, हरिस माथेमाले आँखाको नानी हौ तिमि, मायाले माया गासि देउ तथा बाबु बोगटीले सान नानि तिमिलाई, तिम्रो त्यो मनमा तथा तुलसी आँगनमा रोपौला लगायत अन्य चर्चित गीतहरु प्रस्तुति गरेका थिए l 

प्रतक्ष्य संगीत माध्यम बाट प्रस्तुति भएको उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा निक्की कार्की, बिजय अधिकारी, सुनिल उप्रेती, बिनय पौडेल तथा सुजाता उप्रेतीले आफ्ना तथा प्रख्यात कलाकारहरुले गाएका उत्कृष्ट गीत प्रस्तुति गर्दै दर्शकलाई मनोरंजन गराएका थिए l 

दर्शकको आग्रहमा बाबु बोगटी तथा सुजाता उप्रेतीले स्व नारायण गोपालको मोहनी लाग्ला है लाहुरेको भन्ने प्रसिद्ध गीत प्रस्तुति गरेका थिए l यसै गरि नेपाली चलचित्रकि नायिका नन्दिता केसीले नेपाली संस्कृति झल्कने सम्मिश्रित गितमा बेजोड प्रस्तुति गरेको थिइन् भने उनले अर्को नृत्यमा बाबु बोगटीको साथमा नृत्य प्रस्तुति गरेकी थिइन् l कार्यक्रमको सुरुवातमा सौजन संग्रौलाले हिन्दि चलचित्रका केहि सदाबहार गीत प्रस्तुति गरेका थिए l 


कार्यक्रमको बिचमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसीले नेपाल र नेपालको लागि सहयोग गर्ने उद्देस्यले आगामी अगस्त महिनामा भर अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुत हुने सुरसुधाको कार्यक्रम बारेमा जानकारी दिएका थिए l 

कार्यक्रममा पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले खरिद गरेको टिकटबाट भाग्यशाली बिजेतालाई उक्त कम्प्युटरको लागि बिशेष तालिम निशुल्क प्रदान गर्ने घोषणा गर्यो l 

आयोजक भिन्तुना अन्तर्राष्ट्रियको तर्फ बाट राम चन्द्र खरेलले सबैलाई बिशेष धन्यबाद दिएका थिए l 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते