विजय थापा | साउन १६, वाशिंगटन डिसी | भिन्तुना अन्तर्राष्ट्रि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | साउन १६, वाशिंगटन डिसी | भिन्तुना अन्तर्राष्ट्रि"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

डिसीमा समर म्युजिकल साँझ सम्पन्न (तश्विरहरु सहित)

१६ श्रावण २०७३, आईतवार १५:२८

विजय थापा | साउन १६, वाशिंगटन डिसी | भिन्तुना अन्तर्राष्ट्रियको आयोजनामा भएको समर म्युजिकल साँझ भव्यताको साथ सम्पन्न भयो l गत जुलाई ३० तारिख डिसी नजिक रहेको भर्जिनियाको एलेकजेनड्रिमा सम्पन्न उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा नेपालका प्रसिद्ध कलाकार तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो l 
उक्त संगीतात्मक साँझमा गायक दिपेश किशोर भट्टराई, हरिश माथेमा, बाबु बोगटी, बिजय अधिकारी, सुनिल उप्रेती, निक्की कार्की, बिनय पौडेल, सुजाता उप्रेती नेपाली चलचित्रकि नायिका नन्दिता केसी, सौजन संग्रौला तथा नेप्रोक्रिज़को गीत तथा नृत्य प्रस्तुति रहेको थियो l 

दिपेश किशोर भट्टराईले मलाई माफ गरि देउ, भेडाको उन जस्तो, हरिस माथेमाले आँखाको नानी हौ तिमि, मायाले माया गासि देउ तथा बाबु बोगटीले सान नानि तिमिलाई, तिम्रो त्यो मनमा तथा तुलसी आँगनमा रोपौला लगायत अन्य चर्चित गीतहरु प्रस्तुति गरेका थिए l 

प्रतक्ष्य संगीत माध्यम बाट प्रस्तुति भएको उक्त ग्रीष्मकालीन संगीतात्मक साँझमा निक्की कार्की, बिजय अधिकारी, सुनिल उप्रेती, बिनय पौडेल तथा सुजाता उप्रेतीले आफ्ना तथा प्रख्यात कलाकारहरुले गाएका उत्कृष्ट गीत प्रस्तुति गर्दै दर्शकलाई मनोरंजन गराएका थिए l 

दर्शकको आग्रहमा बाबु बोगटी तथा सुजाता उप्रेतीले स्व नारायण गोपालको मोहनी लाग्ला है लाहुरेको भन्ने प्रसिद्ध गीत प्रस्तुति गरेका थिए l यसै गरि नेपाली चलचित्रकि नायिका नन्दिता केसीले नेपाली संस्कृति झल्कने सम्मिश्रित गितमा बेजोड प्रस्तुति गरेको थिइन् भने उनले अर्को नृत्यमा बाबु बोगटीको साथमा नृत्य प्रस्तुति गरेकी थिइन् l कार्यक्रमको सुरुवातमा सौजन संग्रौलाले हिन्दि चलचित्रका केहि सदाबहार गीत प्रस्तुति गरेका थिए l 


कार्यक्रमको बिचमा नेपालका लागि अमेरिकाका पूर्व राजदुत स्कट एच डेलिसीले नेपाल र नेपालको लागि सहयोग गर्ने उद्देस्यले आगामी अगस्त महिनामा भर अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुत हुने सुरसुधाको कार्यक्रम बारेमा जानकारी दिएका थिए l 

कार्यक्रममा पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले खरिद गरेको टिकटबाट भाग्यशाली बिजेतालाई उक्त कम्प्युटरको लागि बिशेष तालिम निशुल्क प्रदान गर्ने घोषणा गर्यो l 

आयोजक भिन्तुना अन्तर्राष्ट्रियको तर्फ बाट राम चन्द्र खरेलले सबैलाई बिशेष धन्यबाद दिएका थिए l 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार