2026-10-26 04:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती

पुस २८,  अस्ट्रेलिया | अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती मनाइएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपाली भनेर गर्ब गर्न पाइने अबसर प्रदान गरिदिनुहुने राष्ट्रिय एकताका प्रतिक श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको सम्मानमा हामीले मनाउँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस यो बर्ष २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइरहंदा बिगतमा भोग्न परेका कठीनतम एबं जटिलतम समस्याहरुमाथि बिस्लेषण गरेर यस्लाई “ग्रेटर नेपाल” पुन:स्थापना उत्प्रेरक दिवसको रुपमा मनाइनु पर्ने किसिमले सोंचलाई परिमार्जन गर्दै श्री ५ बडामहाराज पृथ्वीनारायण शाहप्रति अझै उच्च सम्मान गर्नु पर्ने बताउनु भयो ।

एनआरएन आइसिसि सदस्य दुर्गा आचार्यले पृथ्वीनारायण शाहका दिब्योपदेशहरुको चर्चा गर्दै ती उपदेशहरु अहिलेको नेपालको सन्दर्भमा पनि उत्तिक्कै महत्व र समय सापेक्षको रहेको कुरामा जोड दिनुभयो । डिकिन यूनिभर्सिटीमा प्राध्यापन गरिराख्नु भएका डा असीम श्रेष्ठले पृथ्वीनारायण शाहले गर्नु भएको नेपाल एकीकरणका कारण आज हामीले नेपाली भनेर गर्ब गर्न पाएकोले उहाँप्रति कृतज्ञ हुनुपर्ने बताउनु भयो ।

दिदीबहिनी समाज भिक्टोरियाका प्रभा श्रेष्ठ र बर्षा केसी राजभण्डारी र बिभिन्न समुदायको प्रतिनिधिको उपस्थितिमा भएको उक्त कार्यक्रममा कार्यक्रमको आयोजनाको लागि पहल गर्नुहुने अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीले छोटो समयको जानकारीका बाबजुद समय मिलाएर आउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी बर्ष तयारी गरेर भब्यताका साथ मनाइनुपर्ने बताउनु भयो ।        

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने