२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्पेनमा एनआरएनएको क्षेत्रीय समिति

२०७७, २९ माघ बिहीबार ०५:०१

माघ २९, काठमाडौँ  । स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ । एक हजार नेपालीको बसोबास रहेको कोस्टाब्लाङका क्षेत्रीय समितिको आवश्यकता महसुस गरी सुरेन्द्र भुजेल थापाको अध्यक्षतामा क्षेत्रीय समिति गठन गरिएको छ । 

समितिको उपाध्यक्षमा कमल देवकोटा, सचिव कमल पराजुली, कोषाध्यक्ष सुरेश बज्राचार्य, महिला संयोजक रोजिना श्रेष्ठ, युवा संयोजक सुरेन्द्र रानामगर, सदस्यमा रितेश श्रेष्ठ, दुर्गादत्त पराजुली, छवि श्रेष्ठ, निराजन लुइँटेल, झरना कार्की, राजकुमार क्षेत्री, वीरबहादुर खत्री, नवराज पाण्डे र प्रवीण सुवेदी रहनुभएको छ । 

गैरआवासीय नेपाली सङ्घ स्पेनको निर्णयानुसार त्यस क्षेत्रमा क्षेत्रीय समिति गठनका लागि सिफारिसका आधारमा समितिलाई स्वीकृत गरिएको गैरआवासीय नेपाली सङ्घ  स्पेनका अध्यक्ष दिनेश गुरुङले बताउनुभयो । सङ्घ स्पेनको विधानको परिच्छेद ७ धारा २० र यसको संशोधनसहित गठन भएको क्षेत्रीय समितिले भेला गरेको हो । 

क्षेत्रीय समिति गठनका लागि स्पेनका क्षेत्रीय उपाध्यक्ष तुल्सीबहादुर गुरुङ र एनआरएनए संस्थापक आइसिसी  वीरेन्द्र श्रेष्ठलाई सङ्घले जिम्मेवारी दिएको थियो । उहाँहरुले क्षेत्रीय समिति गठनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष गुरुङले धन्यवाद दिनुभएको छ ।

पोर्चुगलको पहलमा बिरामी रवीन्द्र स्वदेश फर्किए

पोर्चुगलबाट काभ्रेपलाञ्चोकका ३१ वर्षीय रवीन्द्र गौतम बिरामीका कारण नेपाल फर्किनुभएको छ । विगत चार वर्षदेखि पोर्चुगलमा बस्दै आउनुभएका गौतमलाई अल्सर र मानसिक समस्याबाट पीडित भएकाले गैरआवासीय नेपाली सङ्घको सहयोगमा बुधबार नेपाल पठाइएको हो । 

सङ्घका अनुसार उहाँले पोर्तोस्थित एक अस्पतालमा अल्सरको उपचार गराउँदै आउनुभएको  थियो । केही समय अघिदेखि मानसिक रोग थपिएपछि गौतमलाई परिवारको आग्रहमा स्वदेश पठाइएको सङ्घका अध्यक्ष तिलक गैरेले जानकारी दिनुभएको छ । सङ्घले यसअघि पक्षघातबाट थलिएका ललितपुरका शिव श्रेष्ठलाई पनि स्वदेश फर्काएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ