2026-10-26 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलमा लिम्बू

फागुन ३, पोर्चगल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डा राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन कार्यक्रममा उहाँले राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पार्नुभयो । प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च युरोपका पूर्वउप संयोजक पुष्पराज तिमिल्सिनाले प्रवासी नेपालीको समस्यामा केन्द्रित भएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पछिल्लो समय प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनसँगै नेकपामा देखिएको विवाद देखिएपछि विभिन्न कमिटी दुई भागमा विभाजन हुन थालेका छन् । यसै क्रममा प्रधानमन्त्रीको कदमलाई स्वागत गर्दै राष्ट्रिय नयाँ समिति विस्तार गरिएको छ । 

मदन लिम्बूको संयोजकत्वमा १२५ सदस्यीय विस्तारित कमिटी चयन गरिएको छ । गठित कमिटीको उपाध्यक्षमा राजाराम लामिछाने, अमृत रिजाल, धनिराम पौडेल, एस तिमिल्सिना र दयासागर लामिछाने, महासचिवमा दीपक खत्री, उपमहासचिवमा मिलन रेग्मी र एस अधिकारी सचिवमा पि गिरी, शिवसागर बुढाथोकी, राजेन्द्रप्रसाद डुम्रे, यानी कँडेल, सुदीप विश्वकर्मा र विक्रम रिमाल रहनुभएको छ ।

कोषाध्यक्षमा एस शर्मा, सहकोषाध्यक्षमा अनिता केसी र नविन थापा, अलेन्तेजो इञ्चार्जमा धर्मराज बराल तथा आल्गार्भ इञ्चार्जमा चक्रपाणि बस्याल चयन हुनुभएको छ । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता भएको भर्चुअल बैठकमा प्रवासी नेपाली एकता मञ्च स्पेनका अध्यक्ष हेम शेर्पा, बेलायतका अध्यक्ष भक्त गुरुङ, अमेरिकाका अध्यक्ष प्रभु थापा, अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, कतारका अध्यक्ष चानक पोखरेल, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्य, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका महासचिव हेमराज सुवेदी, प्रवासी नेपाली ल मञ्च पोर्चुगल पूर्वअध्यक्षहरु बालाराम विक, बलराम पाठक र सुभाषचन्द्र अधिकारी तथा मदन भण्डारी स्पोट्र्स एकेडेमी पोर्चुगलका अध्यक्ष अमृत रिजालले नवगठित कमिटीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने