साउन  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन 

2026-10-26 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा एक नेपालीलाई हतियारधारीले तीन तला माथिबाट फालिदिए


साउन २२, काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको शुक्रबार दिउँसो करीब १२ बजे हत्या भएको हो ।

सुनसरी जिल्ला ईटहरी न.पा.सात घुडकी निवासी बाबु आरसि चौधरी र आमा नयन चौधरी को एक्लो छोरा नगेन्द्र चौघरी डमरु ओभरसिज, कोटेश्वर वाट विगत दुईवर्ष दुई महिना अघि मलेसियाको पासिर गुडाङग, आयरविरुमा अवस्थित कोर्नक ईण्डष्टरी भन्ने कम्पनीमा रोजगारीको शिलशिला थिए । मृतक नगेन्द्र चौघरीको कोठामा छ जना बस्ने गरेको भएता पनि पाँचजना साथीहरु 'डे सिफ्ट'मा डिउटी थियो । मृतक नगेन्द्रको भने नाईड डिउटी भएकोले उनि दिउसो कोठामै थिए । उनि एक्लै भएको अवस्थामा लुटेराहरुले लुटपाट गरि उनलाई तीन तलाबाट फालिदिएर फरार भए ।

चौधरीको घटनास्थलमै मृत्यु भएको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिएका छन् । ‘उनीहरु मोटरमा चढेर आएका थिए रे तर नम्वर टिप्न सकिएन,’ उनले भने । 

तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् । चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु शोकाकुल भएका छन् । त्यसो त कामदारहरु उक्त घटनाबाट त्रसित भएका थिए । 

मलेसियाको कतिपय स्थानमा कम्पनीहरुले होस्टल सुविधा दिएता पनि सुरक्षा ब्यवस्था नगरीदिदा श्रमिकहरुले अकालमा नै मृत्यूवरण गर्नुपर्ने सम्भावना छ । मृतक नगेन्द्र चौधरीको शवलाई हाल स्थानिय प्रहरीले नियन्त्रणमा लिई हत्याराको खोजी गरीरहेको कुरा जानकारीमा आएको छ। घटना सम्वन्धमा नेपाली दूतावासमा जानकारी गराइसकेको छ । 

मृतक चौधरीको घरमा आमा, बुबा, श्रीमती र दुईजना नावालिका छोरीहरु छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने