साउन  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन 

2026-09-08 05:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा एक नेपालीलाई हतियारधारीले तीन तला माथिबाट फालिदिए


साउन २२, काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ । सुनसरीको इटहरी घर भएका ३२ वर्षीय नगेन्द्र चौधरीको शुक्रबार दिउँसो करीब १२ बजे हत्या भएको हो ।

सुनसरी जिल्ला ईटहरी न.पा.सात घुडकी निवासी बाबु आरसि चौधरी र आमा नयन चौधरी को एक्लो छोरा नगेन्द्र चौघरी डमरु ओभरसिज, कोटेश्वर वाट विगत दुईवर्ष दुई महिना अघि मलेसियाको पासिर गुडाङग, आयरविरुमा अवस्थित कोर्नक ईण्डष्टरी भन्ने कम्पनीमा रोजगारीको शिलशिला थिए । मृतक नगेन्द्र चौघरीको कोठामा छ जना बस्ने गरेको भएता पनि पाँचजना साथीहरु 'डे सिफ्ट'मा डिउटी थियो । मृतक नगेन्द्रको भने नाईड डिउटी भएकोले उनि दिउसो कोठामै थिए  उनि एक्लै भएको अवस्थामा लुटेराहरुले लुटपाट गरि उनलाई तीन तलाबाट फालिदिएर फरार भए 

चौधरीको घटनास्थलमै मृत्यु भएको कम्पनीमा कार्यरत प्रकाश बस्नेतले जानकारी दिएका छन् । ‘उनीहरु मोटरमा चढेर आएका थिए रे तर नम्वर टिप्न सकिएन,’ उनले भने । 

तेल उत्पादन हुने उक्त कम्पनीमा ८० जना नेपालीहरु कार्यरत छन् । चौधरीको हत्यापछि कम्पनीमा कार्यरत सबै नेपालीहरु शोकाकुल भएका छन् । त्यसो त कामदारहरु उक्त घटनाबाट त्रसित भएका थिए । 

मलेसियाको कतिपय स्थानमा कम्पनीहरुले होस्टल सुविधा दिएता पनि सुरक्षा ब्यवस्था नगरीदिदा श्रमिकहरुले अकालमा नै मृत्यूवरण गर्नुपर्ने सम्भावना छ । मृतक नगेन्द्र चौधरीको शवलाई हाल स्थानिय प्रहरीले नियन्त्रणमा लिई हत्याराको खोजी गरीरहेको कुरा जानकारीमा आएको छ। घटना सम्वन्धमा नेपाली दूतावासमा जानकारी गराइसकेको छ । 

मृतक चौधरीको घरमा आमा, बुबा, श्रीमती र दुईजना नावालिका छोरीहरु छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित