Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

2026-09-08 10:34 AM
काठमाडौँ - KTM

कतारमा बसन्त फिल्मस् प्रालीद्वारा राष्ट्रिय कलाकार सम्मानित

कुमार अविरलपन्थी, कतार ।

बसन्त फिल्मस् प्रा.ली. दोहा कतारद्वारा राष्ट्रिय कलाकारहरु
सम्मानित भएका छन । नमस्ते नेपाल हातेमालो सामाजिक सस्था शाखा कतारले आयोजना गरेको
विविध सास्कृतिक कार्यक्रम २०७३ का लागि कतार आएका लोक पप
, आधुनिक तथा लोक
दोहोरी गयिका रीता केसी र लोक तथा दोहोरी गायक गोपीकृष्ण पँगेनीलाई बसन्त फिल्मस्
प्रा.ली. दोहा कतारले एक कार्यक्रमका बीच दोशल्ला ओढाएर सम्मान पत्रले सम्मान
गरेको हो ।

कार्यक्रममा बसन्त फिल्मस् प्रा.लीका प्रबन्ध निर्देशक ईश्वर
काफ्लेले सभापतित्व गरेका थिए । साथै कार्यक्रममा मोना कतारका महासचिव तिलु शर्मा
पौडेल प्रमुख अतिथि रहेका थिए । यसैगरी लोक पप
, आधुनिक तथा लोक दोहोरी गयिका रीता
केसी र लोक तथा दोहोरी गायक गोपीकृष्ण पँगेनी बिशेष अतिथि रहेका थिए । साथै सोहि
अवसरमा कलाकारिता क्षेत्रमा आवद्ध तथा कलाकारहरुलाई माया गर्ने व्यक्तित्वहरुको
उपस्थिती रहेको थियो ।

कतारमा बसन्त फिल्मस् प्रा.ली.ले अहिले सम्म ४ दर्जन बढी कलाकारलाई
सम्मान गरि सकेको छ। साथै  कतारको
सन्दर्भमा कलाकारहरुको सम्मान कार्यक्रममा पनि अग्र पङ्क्तिमा रहदै आएको छ ।
कतारमा बिभिन्न समयमा आयोजना हुने बिबिध सास्कृतिक कार्यक्रमहरुमा बिभिन्न देश तथा
नेपालबाट आउने कलाकारहरुलाई फिल्मसले सम्मान गर्दै आईरहेको छ ।

कार्यक्रममा बोल्दै कलाकारहरुले नमस्ते नेपाल हातेमालो सामाजिक
सस्था साखाकतारले अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए । बसन्त फिल्मस्
प्रा.लि.बाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा खुसी भएको बताउदै
सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे । बसन्त फिल्मसले
कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा
बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ

फिल्मसका प्रबन्धक निर्देशक तथा सम्मान कार्यक्रमका सभापती
काफ्लेले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतीको
जर्गेना तथा सम्मान गर्दै नेपाली कला संस्कृतिलाई टेवा पुग्ने काम गर्दै अगाडी
बढ्ने कुरा बताए । कार्यक्रम सस्थाका सचिव शरद पाण्डेको संचालनमा सम्पन्न भएको
थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित