Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अमेरिका गोलीकाण्डमा मारिएका र घाइते भएका नेपाली को-को हुन् ?

By साझासवाल 4 मिनेट पढाइ

वैशाख २७, काठमाडौँ | अमेरिकाको मेरिल्याण्ड राज्यमा सनिबार एक नेपाली मारिएका छन् । मेरिल्याण्डको बाल्टिमोरमा एक व्यक्तिले अन्धाधुन्द गोली प्रहार गर्दा एक नेपाली सहित चार जनाको मृत्यु भएको थियो । उक्त घटनामा मारिएका नेपाली युवा संखुवासभा खादवारी नगरपालिका ६, तल्लो पांठाका करिव २५ वर्षका सागर घिमिरे हुन् ।

उक्त गोलीकाण्डमा ज्यामृत्यु भएकामध्ये घिमिरे सहित दुई स्पेनी नागरिक हुन् भने अर्का एकजनाको प्रहरीले पहिचान दिएको छैन ।

छात्रवृत्तिमा अध्ययनको लागि अमेरिका पुगेका घिमिरे साउथ क्यारोलाइनाबाट स्नातक तहको दीक्षान्त सकेर एक साता अघि मात्रै बाल्टिमोर पुगेका थिए । बाल्टिमोरमा केहि समय काम गरेर उनि नेपाल फर्किने योजनामा थिए ।

प्रहरीका अनुसार एक जना मानसिक सन्तुलन गुमाएका ५६ वर्षीय एभर्टन नामका व्यक्तिले एक घरमा आगो लागाएका थिए अनि बाहिर भाग्ने क्रममा अन्धाधुन्द गोली चलाएका थिए ।  घटनास्थलमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउने क्रममा एभर्टनको पनि घटनास्थलमा नै मृत्यु भएको थियो ।

आगलागी भएकै घरछेउमा सागर र सर्लाहीका श्याम अधिकारी बस्थे।

उक्त घटनामा सर्लाही घर भएका श्याम अधिकारीलाई पनि गोली लागेको छ । घाइते अधिकारीको यूनिभर्सिटी अफ मेरील्यान्ड बाल्टिमोर अस्‍पतालमा उपचार भइरहेको छ ।

घटनामा परेका नेपालीहरू दुबै संगै बस्ने रुममेट साथि थिए । दुवै जनाले नेपालमा प्लस टु सकेर अमेरिका गएका थिए।

उनिहरु आगो लागेको घरसँगै बस्थे । शनिबार बिहान सुतिरहेको बेलामा एक्कासी ठूला ठूला आवाज आउन थालेपछि श्याम ब्युँझिएका थिए । घाइते श्यामले दिएको जानकारी अनुसार आफ्नै कोठामा सुतिरहेका सागरलाई उठाएर बाहिर भाग्ने क्रममा घटना भएको हो ।