2026-09-08 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली कार्यरत मुलुकहरुमा कोरोना संक्रमणको अवस्था के छ ? यस्तो छ देशगत विवरण

जेठ ३, काठमाडौं । नेपालमा पछिल्लो समयमा तीव्र रुपमा फैलिएको कोभिड-१९ को संक्रमणको जोखिम अव केहि कम हुने लक्षण देखिएको छ । दैनिक संक्रमितको सख्यामा आएको कमीसँगै मृत्युको संख्या घट्नु नेपालका लागि केहि आशाका संकेत हुन् ।

नेपालमा कोभिडको संक्रमणले अत्यास सिर्जना गरिरहेका समयमा नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलुकहरुमा भनें केहि सुखद नतिजा छ । नेपालीको मुख्य श्रम गन्तव्य मध्येको एक कतारमा पछिल्लो समयमा नयाँ संक्रमितको संख्यामा निक्कै कमी आएको छ । कोभिडलाई नियन्त्रणमा राख्न सफल कतारमा मे १६ अर्थात आइतवार २ सय ५६ जना नयाँ संक्रमित फेला परेका छन् भनें चार जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । हालसम्म २ लाख १३ हजार १ सय ८३ व्यक्तिमा संक्रमण देखिएको कतारमा हालसम्म कोभिडका कारण ५ सय ३० जनाको ज्यान गएको छ । कतारमा एकैदिन सवैभन्दा धेरै अप्रिल २५ को दिन १० जनाको मृत्यु भएको थियो । कुल संक्रमित मध्ये २ लाख ७ हजार ७७ जना संक्रमणमुक्त भएका छन् । कतारमा मे अन्तिम साता सवैभन्दा धेरै नयाँ संक्रमित देखिएका थिए । सो सामयमा दैनिक २ हजार ३ सय भन्दा बढी संक्रमित देखिएका थिए । तर पछिल्लो समयमा कतारले कोभिडको संक्रमण फैलिन नियन्त्रणमा राखेको छ ।

यसैगरी अर्को मुख्य गन्तव्य मुलुक साउदी अरेवियाले पनि कोभिडको संक्रमणलाई पछिल्लो समयमा नियन्त्रणमा राखेको छ । हालसम्म ४ लाख ३३ हजार ९४ जना संक्रमित भएको साउदी अरेवियामा ४ लाख १७ हजार ७ सय ८७ जना संक्रमण मुक्त भएका छन् । कोभिडको संक्रमणका कारण ७ हजार १ सय ६२ जनाले सो मुलुकमा ज्यान गुमाएका छन् । तर साउदी अरेवियामा पनि पछिल्लो समयमा कोभिड नियन्त्रणमा ठूलो सफलता मिलेको छ । गत जुनमा दैनिक ४ हजार ७ सयको हाराहारीमा नयाँ संक्रमित फेला पर्ने गरेको साउदी अरेवियामा पछिल्लो समयमा दैनिक एक हजारको हारहारीमा नयाँ संक्रमित फेला पर्ने गरेका छन् । यसैगरी जुलाई पहिलो सातामा दैनिक ५५ ५६ जनाको मृत्यु हुने गरेकोमा हाल सो घटेर दैनिक १२ १३ जनामा सिमित भएको छ ।

नेपालीको अर्को उल्लेख्य संख्या रहेको संयुक्त अरव ईमिरेट्स (युएई) मा आइतवार १ हजार २ सय ५१ जना नयाँ संक्रमित फेला परेका छन् । हालसम्म सो मुलुकमा ५ लाख ४६ हजार १ सय ८२ जनालाई कोभिड संक्रमण भएको छ । आइतवार दुईजनाले कोभिडका कारण मृत्यु भएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म युएईमा १ हजार ६ सय ३१ जनाको कोभिडका कारण मृत्यु भएको छ । गत जनवरी अन्तिम साता दैनिक लगभग चार हजार व्यक्तिमा दैनिक संक्रमण देखिने गरेको युएईमा पनि पछिल्लो समय कोभिड संक्रमण तुलनात्मक रुपमा नियन्त्रणमा आएको छ । दैनिक रुपमा २० जनाको हारहारीमा मृत्यु हुने गरेकोमा युएईमा दैनिक मृत्यु ३ ४ जनामा झरेको छ ।

नेपाली श्रमिकको अर्को गन्तव्य मुलुक मलेसियामा पनि कोभिड संक्रमण केहि दिनयता केहि घटेको छ । दैनिक संक्रमितको संख्या झण्डै पाँच हजार पुगिसकेको अवस्थामा केहि दिनयता त्यसमा केहि नियन्त्रण आएको छ । कोभिड संक्रमण फैलिन रोक्न मुभमेण्ट कन्ट्रोल अर्डर (एमसीओ) जारी गरेको मलेसियाले खोप अभियानलाई पनि तिव्र बनाएको छ । यस अगाडी गत जनवरीको अन्तिम सातामा दैनिक ५ हजार ७ सयको हाराहारीमा दैनिक नयाँ संक्रमित फेला पर्ने गरेको मलेसियामा हाल सो संख्या चार हजार भन्दा तल झरेको छ । तर दैनिक रुपमा कोभिडका कारण ज्यान गुमाउनेहरुको संख्यामा भनें वृद्दि भएको छ । सो मुलुकमा हाल दैनिक ४५ जनाको हाराहारीमा ज्यान गुमाउने गरेका छन् । हालसम्म मलेसियामा ४ लाख ७० हजार १ सय १० जनालाई कोभिडको संक्रमण भएको छ भनें १ हजार ९ सय २ व्यक्तिले ज्यान गुमाएका छन् । कुल संक्रमित मध्ये ४ लाख २६ हजार ३ सय १९ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

कुवेतमा हालसम्म २ लाख ९१ हजार ६ सय २९ व्यक्तिमा कोभिड संक्रमण भएको छ भनें २ लाख ७७ हजार ८ सय २० व्यक्ति संक्रमण मुक्त भएका छन् । कोभिडका कारण हालसम्म कुवेतमा १ हजार ६ सय ९३ व्यक्तिको ज्यान गएको छ । मार्चको पहिलो सातामा दैनिक संक्रमितको संख्या १ हजार ६ सय भन्दा माथि रहेको कुवेतमा हाल सो संख्या आधामा झरेको छ ।

भारत र नेपालका कोभिडको संक्रमण उच्च भएपछि कुवेत, युएई, मलेसिया लगायतका मुलुकले नेपाल तथा भारतबाट आउने उडानहरुमा बन्देज लगाएका छन् । हालसम्म विश्वभरीमा १६ करोड ३७ लाख भन्दा धेरै व्यक्तिमा कोभिड १९ को संक्रमण भएको छ भनें त्यसमध्ये ३३ लाख ९३ हजार व्यक्तिको ज्यान गएको छ । १४ करोड २१ लाख व्यक्ति भनें संक्रमण मुक्त भएका छन् । नेपालमा ४ लाख ५५ हजार बढी व्यक्तिमा कोभिड संक्रमण भएको छ भनें ५ हजार एक व्यक्तिले ज्यान गुमाएका छन् । नयाँ संक्रमितको संख्यामा थोरै कमी आएसँगै केहि सहजता आउने अपेक्षा गरिएको छ । देशपरदेशबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग