२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए मलेसियाको अध्यक्षमा शाहको उम्मेदवारी घोषणा, यस्ता छन् शाहको प्रतिबद्धताहरु

२०७८, १७ असार बिहीबार ०५:५६

असार १७, क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी मलेसियाका पूर्व अध्यक्ष एवं बर्तमान आईसिसि सदस्य महेन्द्रजंग शाहले एनआरएनए एनसिसी मलेसियाको सातौ अधिवेसनका लागी बुधबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले मलेसियामा स्थापित संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका हुन् । 


शाहको उम्मेदवारी कार्यक्रममा जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष कमल गौतम र टेक टमाटाले एनआरएनए मलेसियाको आगामी अध्यक्षमा शाहलाई विजय गराउन मलेसियामा रहेका सबै नेपालीलाई आग्रह गरे ।

एनसीसी मलेसियालाई गतिशील नेतृत्व प्रदान गरि एनसीसी मलेसियाको हरेक गतिविधीहरुलाई श्रमिकमैत्री बनाउन पुन: एक कार्यकाल काम गर्ने उद्देश्यले शाहले उम्मेदवारी दिएको बताएका छन् । शाहले उम्मेदवारी घोषणासंगै आफ्ना घोषणा पत्र समेत सार्वजनिक गरेका छन् ।


नेपाल बाहिर बस्ने नेपालीहरु स्वतः गैरआवासीय नेपाली हुन भन्ने परिभाषालाई पुर्नस्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्बय परिषदमार्फत पहल गरिने जानकारी गराएका छन् । उनले विगतमा घोषित कार्यक्रमहरु विविध कारणवश सम्पन्न गर्न असमर्थ भएको बताउँदै ती अधुरा कामहरु सम्पन्न गर्न अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन् । उनले मलेसियाबासी एनसीसी सदस्यहरुलाई सहयोग र समर्थन गरि आगामी सातौ महाधिवेशनमा अध्यक्षमा निर्वाचित गरि सहयोग गर्न अपिल गरेका छन् ।

यस्ता छन् शाहको प्रतिबद्धताहरु

१. एनसीसी मलेसियाको हरेक गतिबिधिहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरिने र अझ सशक्त बनाईने छ ।

२. मलेसियामा रहेका नेपालीहरुलाई निशुल्क एनआरएनएको सदस्यता वितरण गरिनेछ ।

३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरिरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणाममुखी वनाउनका लागि पहल गरिनेछ ।

४. नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरी थप रचनात्मक ढङ्गवाट कार्य सम्पादन गरिने ।

५. मलेसिया सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यहरु गरीने र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिने ।

६. प्राय नेपालीहरु मलेसिया आउदा यहाँको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमको आयोजना गरिनेछ ।

७. मलेसियासंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।

८. नेपालमा बैदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा मलेसियावाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भूमिका निर्वाह गरिनेछ ।

९. नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

१०. पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो