2026-09-08 07:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भित्रिँदा कोरोना परीक्षण अनिवार्य, खोप नलगाई आउनेलाई सिमामै व्यबस्था

असोज १२, काठमाडौं । सडकमार्ग हुँदै नेपाल भित्रिने हरेकको कोरोना परीक्षण गरिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिमा नाका हुँदै नेपाल प्रवेश गर्ने हरेकले अनिवार्य रुपमा कोरोना परीक्षण गर्नु पर्नेछ ।  

चाडपर्वको समयमा भारत तथा चीनबाट सिमानाका हुँदै नेपाल भित्रिनेको कोरोना परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।

सिमानाकामै खोप

भारतबाट नेपाल आउने सबै व्यक्तिको सीमानाकामै एन्टिजेन्ट टेष्ट गर्ने तथा खोप नलगाई आएकालाई त्यही खोप लगाइदिएर सुरक्षित रूपमा गाउँ पठाउने अभियान चलाएको छ । यसका लागि हामीले खोप छुट्टाइसकेको उनले बताए । पुरानो मौज्दात १५ देखि १७ लाख मात्रा र हालै चीनबाट ल्याएको खोप पनि भएकाले भारतमा खोप नलगाई फर्किएका नेपालीलाई सिमानाकामै खोप लगाएर सुरक्षित भित्र्याउँनेछौं।

यसअघि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सीमानामै एन्टिजेन्ट टेष्ट गरि भ्याक्सिन नलगाइ नेपाल आउनेहरूलाई सिमामै खोप लगाइदिएर सुरक्षित रुपमा गाउँ पठाउने अभियान शुरु गरिने बताएका छन् । यसका लागि स्थानीय सरकारसँग समन्वय गरी परीक्षणलाई तिव्रता दिएको श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग