2026-09-08 07:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बिक्री वितरण सुरु

असोज १३, काठमाडौँ ।  बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्री वितरण सुरु गरेका छन् ।  नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बेलायतमा कोदो लिमिटेड कम्पनीको स्थापना गरी नेपालीहरूले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् । उक्त कम्पनीमा जनक राई प्रबन्ध निर्देशक सहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता रहेका छन् । 

उक्त कम्पनीका अनुसार ‘प्योर कोदोको रक्सी’ र ‘तीन पाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री सुरु गर्न लागिएको हो ।

तीन पाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ भने ६० प्रतिशत अल्कोहल रहेको छ,यस्तै ‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ । कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स र ‘तीन पाने कोदोको रक्सी’को १२ पाउण्ड ९९ पेन्स मूल्य तोकिएको प्रबन्ध निर्देशक जनक राईले जानकारी दिनु भयो ।

उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रूपमा उद्घाटन गर्न लागिएको कम्पनीका निर्देशक राईलेले बताउनु भयो  । कोदोको रक्सी विशेष गरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पा लगायत जनजातिहरू माझ निकै लोकप्रिय रहेको छ । उक्त रक्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको राईले बताउनु भयो ।

कम्पनीले यो रक्सी भिन्न स्वादको रहेको र यसले पिउने मान्छेलाई सहज र न्यानो महसुस गराउने बताएको छ । निर्देशक राईले भन्नु भयो , ‘यो रक्सीले नेपाल र नेपालीहरूको पनि झल्को दिनेछ, बेलायतमा नेपालीत्व प्रवर्द्धन समेत हुने विश्वास छ ।’

१० गते अल्डरशटमा विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा रक्सीको औपचारिक रूपमा उद्घाटन गर्न लागिएको हो । हाल मिडल्याण्डमा रहेको कारखानाबाट नेपाली मूलको कोदोको रक्सी उत्पादन भइरहेको छ । यसको मार्केट अनुसार अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्नेबारे सोँच बनाएको कम्पनी स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग