बिजय शर्मा दर्पण, स्विजरल्याण्ड  । प्रवासका सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिजय शर्मा दर्पण, स्विजरल्याण्ड  । प्रवासका सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । 
"/>
2026-09-08 10:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका शकुन्तला थापा तिजको अबसरमा स्विजरल्याण्ड आउदै

बिजय शर्मा दर्पण, स्विजरल्याण्ड  । प्रवासका सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् । 

हरितालिका तीज आउन लगभग २ हप्ता बाँकी रहेपनि प्रवासमा यसको रन्को सुरू भैसकेको छ । प्रवासमा हरितालिका तीज मनाउने प्रचलन बढ्दो छ । तिथि मिती भन्दापनि समय अनुकुल हुनेगरी अगाडि र पछाडि बिदाको दिन पारेर मनाइने गर्छ चाडबाड ।

पहिलो पटक  एन आर एन स्विजरल्याण्डको आयोजनामा  जुलार्इ  २७ तारिखका दिन तीज धमाका हुने भएको छ । संघकी उपाध्यक्ष सिमा गौतमको संयोजकत्वमा स्विजरल्याण्डको आराउ सहरमा संन्चालन हुने तीज धमाकाका लागि इटालीवाट चर्चित लोक गायिका शकुन्तला थापा आउने भएकी छन् ।

बिदेशमा बस्ने नेपालीका लागि कला संस्कृतिको जर्गेनाका साथै जमघट अनि आपसी सदभावको माध्यम हो सांस्कृतिक कार्यक्रम, एन आर एन स्विजरल्याण्डका महासचिब भुमि गुरुङले बताए ।

कार्यक्रममा बिशेषत प्रवासमा बस्ने नेपाली दिदी बहिनीहरुको लागि तीज गीतका साथै अन्य लोकगीत र संगित पस्कने कार्यक्रम रहेकोले धेरै भन्दा धेरै स्विस बाशी नेपालिहरु उपस्थित हुन सक्ने एन आर एन महिला फोरमकी संयोजक सुभा एल्मर लामाले बताउनुभयो । 

लामाले थप्नु भयो – चाडबाड र पर्वहरुसँग हाम्रो गीत संगितको पनि साइनो गासीएको छ, हाम्रो नेपाली समाज तिजमा माइतीका संझना अनि राता पहिरनका कथा अनि ब्यथा गाइने र सुनिने गरिन्छ । हामीले प्रवास रहेर पनि आफ्नो चाडबाड र रीती रिवाज अनि परम्परालाई कायमै राख्नु महत्वपुर्ण कुरा हो ।

एन आर एन स्विजरल्याण्डले पहिलो पटक आयोजना गर्ने भएको हरितालिका तिजको कार्यक्रममा रमणीय तिज गीत र नाचगान सहित भब्यतापुर्बक मनाइने तयारि गरिरहेको छ । यसअघि लगभग १० बर्षदेखि तिज कार्यक्रम गर्दै आएकी बिजया भट्टले यो साल बाट तिज कार्यक्रम गर्न एन आर एन स्विजरल्याण्डलाई जिम्मा दिनु भएको थियो ।

नेपाली संस्कार,रितीरिवाज र परम्परालाई उजागर गर्ने उद्देश्यले विगतमा विभिन्न चाड पर्व, कला तथा संस्कृती झल्काउने कार्यक्रम गरे जस्तै यस पटक पनि महिलाहरुको पर्व तिज मनाउने निर्णय एन आर एन स्विजरल्याण्डको बैठक बहुमतले पारित गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित