२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतका लागि नेपाली राजदूत रेग्मी २४ अक्टाेबरमा फिर्ता हुँदै

२०७८, २४ आश्विन आईतवार ०७:१९

असोज २४, काठमाडौँ, न्युज कारखाना | बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किन लागेका छन् । सरकारले केपी ओली नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्तिअन्तर्गतका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेपछि रेग्मी  २४ अक्टोबरमा नेपाल फर्किन लागेका हुन् । 

नेपाल पत्रकार महासंघ युके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको सम्मान  कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले पत्रकारिताका क्रममा ‘नेपाल र नेपाली’ लाई सदैव केन्द्रमा राखेर काम गर्न उनले सुझाव पनि दिए । पत्रकार महासंघ युके एवं यहाँस्थित नेपाली पत्रकारहरूबाट दूतावासलाई रचनात्मक सहयोग मिलिरहेको भन्दै उनले खुसी व्यक्त गरे ।

मिडियाको आलोचनात्मक प्रस्तुतिलाई स्वाभाविक मान्नुपर्ने तर सकारात्मक पक्ष र उपलब्धिहरूबारे पनि समाचार बन्नुपर्ने भन्दै राजदूत रेग्मीले भने, ‘बेलायतमा रहेका पत्रकार साथीहरूले दुवै खालका भूमिका निभाइरहेको मैले पाएँ, जुन साँच्चिकै सकारात्मक र तारिफयोग्य छ ।’

शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरिएको हो ।

राजदूत रेग्मीले पत्रकार महासंघ युके शाखाका अध्यक्ष अर्यालसँगै उपाध्यक्षद्बय प्रमिला लाबुंग राई र शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवद्बय मञ्जु भण्डारी र खेमराज रानाभाट, सहकोषाध्यक्ष सुरेन्द्र इंग्नाम र सदस्यहरू नगेन्द्र नेम्वाङ, मिलन तमु र बम थापा सूर्यवंशीलाई खादा ओढाएर सम्मान गरे । 

शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्वअध्यक्ष चिरन शर्मा, संस्थापक सल्लाहकार भगिरथ योगी, सल्लाहकार कुशल श्रेष्ठ र केन्द्रीय प्रतिनिधि विश्वासदीप तिगेला पनि सम्मानित भए ।

दूतावासकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनालले नेपाल पत्रकार महासंघ युकेको नयाँ कार्यसमितिको पालामा पनि दूतावाससँगको सहकार्य निरन्तर रहने आशा व्यक्त गरिन् । बेलायतस्थित नेपाली मिडियाले दूतावास र समुदायलाई जोड्ने कार्य गरिरहेको भन्दै उनले प्रसंशा गरिन् ।

पत्रकार महासंघ युके शाखाका अध्यक्ष ध्रुवराज अर्यालले दूतावासबाट प्राप्त स्वागत र सम्मानले आफूहरूमा उत्साह र हौसला बढाएको भन्दै आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी