2026-06-20 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा अझै पनि साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा

कात्तिक ८, लन्डन | गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अफगानिस्तान, पाकिस्तान र टर्कीमा रहेका नेपालीहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ ।

एनआरएनएअन्तरर्गतको स्वास्थ्य समितिले आइतबार एक भर्चुअल कार्यक्रमको आयोजना गर्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया गरेको हो । अन्तरक्रिया कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी, अधिकारकर्मी घइस गिलानी, एनआरएनए टर्कीका अध्यक्ष उज्वल घिसिङलगायतले आ-आफ्ना भनाइ राखेका थिए ।

स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाको संयोजकत्वमा भएको कार्यक्रममा राजदूत अधिकारीले पाकिस्तानमा करिब तीन सयजना नेपालीहरू रहेको बताए । तीमध्ये अधिकांश स्वास्थ्यसम्बन्धी अध्ययनको लागि आएका विद्यार्थी भएको र स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए । अधिकारीले नेपालीहरूले समेत पाकिस्तानमा कोरोनाविरुद्धको खोप लगाउने अवसर पाएको जानकारी दिए ।

अधिकारकर्मी घइस गिलानीले फगानिस्तान र पाकिस्तानमा मानवअधिकारको अवस्था कमजोर रहेको बताए । उनले पाकिस्तानमा ९० प्रतिशत जनताको कोभिड-१९ विरुद्धको खोपमा पहुँच रहेको बताए । उनले अफगानिस्तानमा भएको राजनीतिक परिवर्तनपछि नेपालीलगायत कयौं आप्रवासीहरू पाकिस्तानतर्फ पलायन भएको बताए । उनले तालिवानले आफगानिस्तानको सत्ता लिएपछि स्वास्थ्य तथा आर्थिक क्षेत्रमा अन्योल रहेको बताए ।

कार्यक्रममा एनआरएनए टर्कीका अध्यक्ष घिसिङले टर्कीमा रहेका नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको बताउँदै विगत एक वर्षमा दुईजना नेपालीले आत्महत्या गरेको जानकारी दिए । अफगानिस्तानमा तालिवानले सरकार कब्जामा लिए पछि एक हजारभन्दा बढी नेपालीहरुको उद्धार गरिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार अहिले साढे तीन सय नेपालीहरू उद्धारको पर्खाइमा छन् । विभिन्न कम्पनीमा १५ सयभन्दा बढी नेपाली त्यहाँ कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ