Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लोकतन्त्रबारे अमेरिकाले सम्मेलन गर्दै, ११० देशलाई बोलाउँदा चीन र रसियालाई निम्तो दिइएन

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ८, न्युयोर्क, एजेन्सी | अमेरिकाले आगामी महिना लोकतन्त्रबारे सम्मेलन गर्ने भएको छ । यही डिसेम्बर ९ र १० गते गर्न लागिएको भर्चुअल  सम्मेलनमा चीन र रसियालाई भने बोलाइएको छैन् । भारत, पाकिस्तान र इराकसहित अमेरिकाका गठबन्धन देशहरुलाई भने बोलाइएको छ ।

चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला राष्ट्रपति जोन वाइडेन प्रशासनले आयोजना गर्न लागेको सम्मेलनलाई विश्व समुदायले चासोपूर्वक हेरिरहको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार सम्मेलनमा ११० देशलाई निम्ता दिइएको छ ।

सम्मेलनमा चीनले आफ्नो अभिन्न राज्य मान्दै आएको ताइवानलाई समेत बोलाइएको छ । तर, अफगानिस्तान, बंगलादेश, श्रीलंका र टर्कीलाई  बोलाइएको छैन् ।

ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्न चीनले अन्य देशहरुलाई दबाब दिइरहेका बेला सम्मेलन आयोजना हुँदैछ । आफ्नो स्वतन्त्रताका बारेमा चीनलाई बोल्ने अधिकार नभएको ताइवानले बताउँदै आएको छ ।

ताइवान मामिलामा चीनले आक्रमण गरे आफूले हेरेर नबस्ने अमेरिकाले बताउँदै आएको छ । एक साताअघि चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भएको भर्चुअल संवादमा राष्ट्रपति सीले अमेरिकालाई आगोसँग निहुँ नखोज्न चेतावनी दिएका थिए ।