2026-09-08 06:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जापान जाने क्रममा मलेसियामा अलपत्रहरुलाई स्वदेश फर्काइयो, दुतावासको यस्तो अनुरोध

मङ्सिर १८, काठमाडौँ | जापान जाने क्रममा मलेसियामा अलपत्र परेकाहरु मध्ये ३६ जना स्वदेश फिर्ता भएका छन् भने २ जना जापान प्रस्थान गरेका छन् । उनीहरूको नेपाली राजदुतावास मलेसियाको पहलमा उद्धार गरिएको हो ।

नेपालबाट मलेसिया हुँदै जापानको लागि क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भएको तर जापान सरकारको कोभिड सम्बन्धी नियमहरुको प्रक्रिया पुरा नगरेको कारण उनीहरू मलेसियामा अलपत्र परेको नेपाली राजदुतावास मलेसियाले जनाएको छ ।

दुतावासले दिएको जानकारी अनुसार ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्केका छन् भने २ जना राजदूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी जापानतर्फ प्रस्थान गरेका छन् ।

अलपत्र परेका यात्रुहरुलाई समयमै उद्दार गर्न/ गराउन सहयोग गर्नुहुने निकाय नेपाल सरकारका विभिन्न निकायहरु, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली राजदूतावास र मलेसियास्थित जापानी राजदूतावासलाइ नेपाली राजदूतावास मलेसिया एक विज्ञप्ति जारी गर्दै धन्यवाद दिएको छ ।

साथै मलेसिया ट्रान्जिट भै यात्रा गर्नुहुने सम्पूर्ण सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा यस राजदूतावासको हटलाइन +६०१६२४७२७७७  मा सम्पर्क गर्न नेपाली राजदुतावास मलेसियाले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग