भारतको केरलामा दुई नेताको हत्या !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

एजेन्सी | भारतको केरला राज्यमा दुइ नेताको हत्या भएको छ। दआइतबार बिहान अलाप्पुझा जिल्लामा भाजपा नेता रञ्जित श्रीनिवासनको हत्या गरिएको थियो भने त्यसअघि शनिबार राति सामाजिक लोकतान्त्रिक पार्टी अफ इण्डियाका नेता केएस शानको हत्या भएको थियो।

केरलामा दुईवटा राजनीतिक हत्याकाण्डले वातावरण तनावपूर्ण भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। सोसल डेमोक्रेटिक पार्टी अफ इन्डियाले आफ्ना नेताको हत्यामा आरएसएसलाई दोष दिएको छ। एसडीपीआई नेता केएस शानको बदला लिन भाजपा नेताको हत्या गरिएको अनुमान गरिएको छ।

१२ घण्टाभित्र दुई नेताको हत्या गरेपछि अलाप्पुझा क्षेत्रमा दुई दिनका लागि धारा १४४ लगाइएको छ। केरलाका मुख्यमन्त्री पिनाराई विजयनले अलाप्पुझामा दुवै नेताको हत्याको निन्दा गर्दै आक्रमणकारीलाई प्रहरीले कडा कारबाही गर्ने बताए।

सोसल डेमोक्रेटिक पार्टी अफ इन्डियाका नेताको शरीरमा द्धण् चोटको निशान भेटिएको प्रहरीले बताएको छ। आक्रमण भएपछि केएस शानलाई अलाप्पुझाको अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई कोच्चि रिफर गरिएको थियो जहाँ उनको मृत्यु भयो।

केएस शानलाई मोटरसाइकलमा घर जाने क्रममा आक्रमण भएको बताइएको छ। यो घटनापछि आइतबार बिहान भाजपासँग सम्बन्धित एक नेताको हत्या भएको थियो।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply