<p>माघ २३, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।<br></p><p>विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गर्नुभएको छ ।</p><p>राष्ट्रपति भण्डारीले ट्वीट गर्नुभएको छ, “धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली ।” </p>
February 6, 2022
काठमाडौँ - KTM, प्रवास
प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिद्वारा शोक व्यक्त
By साझासवाल
2 मिनेट पढाइ










