२० हजार अमे‍रिकी डलरसहित एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ

साझासवाल
1 Min Read

फागुन ११, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट एकजना भारतीय नागरिक करिब २० हजार अमे‍रिकी डलरसहित पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानी २० हजार १ सय ५० अमेरिकी डलरसहित पक्राउ परेका हुन् । उनी फ्लाई दुबईको विमानमार्फत दुबई जान लागेका थिए ।

प्रहरीले उनको साथबाट ३१ हजार ६ सय नेपाली रुपैयाँ, यूएई दिराम एक हजार ३ सय ५५ सहित अन्य केही देशका मुद्रा पनि बरामद गरेको छ । पक्राउ परेका सज्नानीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग बुझाइएको प्रहरीले जनाएको छ ।

एक्स रे मेसिनमा जाँच गर्दा सज्नानीले बोकेको ह्यान्ड ब्यागमा पैसा भेटिएको हो । सतिश मंगलबार दिउँसो पक्राउ परेका हुन् ।

Share This Article
Leave a Comment

Leave a Reply