स्विजरल्याण्ड ।  गैर आवासीय नेपाली संघ , स्विजरल्याण्डले आयोजना गरेको तीज बिशेष कार्यक्रम हरितालिका साँझ यसै २७ अगस्ट २०१६ का दिन सम्पन्न भएको छ । कार्यक्रममा लगभग ९० जना नेपालीको उपस्थिति रहेको थियो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्विजरल्याण्ड ।  गैर आवासीय नेपाली संघ , स्विजरल्याण्डले आयोजना गरेको तीज बिशेष कार्यक्रम हरितालिका साँझ यसै २७ अगस्ट २०१६ का दिन सम्पन्न भएको छ । कार्यक्रममा लगभग ९० जना नेपालीको उपस्थिति रहेको थियो ।

2026-07-04 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्विजरल्याण्डमा यस्तो देखियो तीजको रौनक (भिडियो सहित)

बिजय शर्मा दर्पण | स्विजरल्याण्ड ।  गैर आवासीय नेपाली संघ , स्विजरल्याण्डले आयोजना गरेको तीज बिशेष कार्यक्रम हरितालिका साँझ यसै २७ अगस्ट २०१६ का दिन सम्पन्न भएको छ । कार्यक्रममा लगभग ९० जना नेपालीको उपस्थिति रहेको थियो ।


बल्ल बल्ल आएको शनिबारको साँझ, दिनभरि कामको थकाई , तैपनि रोकेन स्विजरल्यान्डका नारीहरुलाई तिजमा सजिएर नाच्न । पहिलाका बर्षहरुमा बिजया भट्टले गर्नुभएको तिज कार्यक्रमहरु पश्चात यो बर्ष देखि एन आर एन स्विजरल्याण्डले पहिलो पटक आयोजना गरेको तिज कार्यक्रममा स्विजरल्याण्डको जेनेभा सहरदेखि बर्न ,बासेल,जुरिच लगायत विभिन्न सहर सम्मका नारीहरुले खुलेरै नाचे ।

स्विजरल्याण्ड भरिका करिब ६० नारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा यहाँ रहेका ३० भन्दा बढी पुरुषहरुले पनि त्यत्तिकै साथ दिए । “बास्तबमा तिज हाम्रा लागि नाच्नु गाउनु मात्र होइन, दुख सुखको गफ गर्ने अनि आत्मियता बढाउने सु अवसर पनि हो ” भन्छिन कार्यक्रम संयोजक शिमा गौतम ले । ” नेपालमा महिलाहरु मात्र बसेर पिर बेदनाका बाढी लगाएंथ्यो तर यहाँ पुरुषहरुले पनि साथ दिएर हामीलाई त्यो पिर पनि भुलाईदिएका छन्” उनले थपिन ।


स्विजरल्याण्डमा कति राम्रा दिदि बहिनिहरु हेर भन्दै सुरुवात गरेकी प्रमुख अतिथि तथा दोहोरि गायिका शकुन्तला थापाले कार्यक्रमलाई ब्यापक मनोरंजन प्रदान गरेकी छन् । स्थानिय कलाकार गौरी गुभाजु , राजेन्द्र भण्डारी ,अमिता श्रेष्ठ , स्विजरल्याण्डका एकमात्र नेपालि गायक सुवास सुन्दास लगायत स्थानिय नेपालीहरु कम्मर मर्काएर गायिका थापाको गितमा झुमे ।

दोहोरि गायिकाले धमाकेदार तिज गितहरु को नाचेर थाक्ने , सिरमा लाउने सिर्फ़ुल, मेरो कालेलाई जे लाएनि सुहाउछ , सबैले भन्छन मै राम्री छु रे , रातो गलबन्धि अनि तातो गलबन्धि लगायतका गित गाउंदा उपस्थित सबैजना कम्मर हल्लाउंदै नाचे ।


तिज कार्यक्रमको आयोजनाले भाषा, संस्कृती, रहनसहन, भेष भुषाको संरक्षण हुनुको साथै यहिं हुर्के बढेकाहरुको लागि संस्कृतीको समेत पहिचान हुने महिला संयोजक तथा कार्यक्रम कि सह संयोजक सुभा एल्मर लामाले मेरोजिल्ला डट कम लाई बताउनु भयो ।

गैर आवासीय नेपालि संघ स्विजरल्याण्डले आयोजना गरेको उक्त तिज कार्यक्रममा खानाको लागि संघका सचिब फणिन्द्र पन्तको नेतृत्वमा  महासचिब  भुमि  राज गुरुङ  , कोषाध्यक्ष शुक्र श्रेष्ठ , प्रबक्ता सन्तोष राई   , सदस्य विजय शर्मा दर्पण , गुण राज शर्मा को साथमा आनन्द पोख्रेल ले ब्यबस्थापन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै