भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारत ऊर्जा आदानप्रदानः मैनहिया–सम्पत्तिया प्रसारण लाइन द्रुतगतिमा

६ चैत्र २०७८, आईतवार ०८:५८

चैत ६, काठमाडौँ । नेपाल र भारतका बीचमा विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको मैनहिया– सम्पत्तिया प्रसारण लाइनको निर्माणले गति लिएको छ । 

भारतको उत्तर प्रदेश जोड्ने १३२ किलोभोल्ट (केभी) क्षमताको डबल सर्किट प्रसारण लाइनको निर्माण ६० प्रतिशत सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । रुपन्देहीको मैनहिया सवस्टेशनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सवस्टेशन जोड्ने प्रसारण लाइनको निर्माण आगामी असारसम्ममा सक्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । 

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ९६ टावरमध्ये ४४ को जग हालिएको छ । पाँच वटा टावर खडा गरिएको छ । प्रसारण लाइनमा पर्ने जग्गाको मुआब्जा निर्धारण भइसकेको छ । प्रसारण लाइनका उपकरण आयोजनास्थलमा ल्याइसकिएको प्राधिकरणको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की, नेपाल विद्युत् प्राधिकरणका सञ्चालक, कार्यकारी निर्देशक,उपकार्यकारी निर्देशकसहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन गरी आयोजनाको काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छ । 

अनुमगन टोलीले नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि यो लाइन महत्वपूर्ण रहेकाले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापनलाई आग्रह गरेको थियो । नेपाल र भारतबीचका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको २०७५ माघमा पोखरामा सम्पन्न छैटौं बैैठकले भारतको उत्तर प्रदेश र नेपालबीच न्यू नौतनुवा–मैनहिया १३२ केभी प्रसारण लाइन निर्माण गर्ने सहमति गरेको थियो । यसपछि २०७६ कात्तिकमा भारतको बैङलोरमा सम्पन्न ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको सातौं बैठकले प्रसारण लाइनलाई न्यू नौतनुवा (सम्पत्तिया, भारत) सवस्टेसनमा जोड्ने निर्णय गरेको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल उत्तर प्रदेशसँग ३३ केभी क्षमताको मात्र प्रसारण संरचना रहेकाले आन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउन १३२ केभी प्रसारण लाइन निर्माण गर्न लागिएको बताउनुभयो । “नेपाललाई आवश्यक परेमा आयात गर्न र यहाँ खपत गरी बढी भएको विद्युत् उत्तर प्रदेशमा निर्यातका लागि यो लाइन महत्वपूर्ण छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “लाइन सम्पन्न भएपछि भारतको उत्तर प्रदेशसँग पनि १३२ केभीको प्रसारण पूर्वाधार तयार हुने छ, यसबाट दुई मुलुकबीचको विद्युत् व्यापार थप सहज र विस्तार हुनेछ ।” 

आयोजनाको कूल लागत ८० लाख अमेरिकी डलर रहेको छ । मैनहिया १३२ केभी सबस्टेसनबाट सुरु हुने प्रसारण लाइन भारतसँगको सीमाविन्दु मर्चवार (श्रीरामपुर) सम्म निर्माण गरिने छ । भारततर्फ लाइन जोड्नका लागि सबस्टेसनमा दुई वटा बे र ३÷४ वटा टावर निर्माण गर्नुपर्ने आयोजनाका प्रमुख हरि पाण्डेले जानकारी दिनुभयो । सो कार्यका लागि नेपालले रकम उपलब्ध गराउने र भारतीय पक्षले काम गर्ने सहमति भएको उहाँको भनाइ छ । 

बुटवल–लुम्बिनी प्रसारण लाइन निर्माण अन्तिम चरणमा 

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्म निर्माणाधीन १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । कूल १८ किलोमिटर प्रसारण लाइनमा पर्ने ५६ टावरमध्ये ५५ वटाको निर्माण सम्पन्न भएको छ । यस्तै १० किलोमिटर तार टाङ्गिएको छ । बुटवल बजार क्षेत्रमा प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गर्ने काम भइरहेको छ ।

मैनहिया सबस्टेसनमा राखिने १३२÷३३ केभी, ४५ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये एउटाको जडान भइसकेको छ । बाँकी एउटा र ३३÷११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर आयोजनास्थलमा ल्याउने क्रममा रहेको छ । प्रसारण लाइन र सवस्टेशन दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो