तीन दशकदेखि विश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... तीन दशकदेखि विश"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला अधिकार रक्षा तथा महिला हिंसा अन्त्य गर्ने नेपालको प्रतिबद्धताको अमेरिकी अभियन्ताद्वारा प्रशंसा

२०७८, ८ चैत्र मंगलवार ०८:३९

चैत ८, काठमाडौँ । महिला तथा बालिकाहरूको अधिकारको रक्षा तथा उनीहरूविरुद्धका हिंसा अन्त्य गर्न नेपाल सरकारले व्यक्त गरेको प्रतिबद्धता तथा प्रतिबद्धतालाई कार्यान्वयन गर्ने तत्परताको एक अमेरिकी अभियन्ताले मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । 

तीन दशकदेखि विश्वका विभिन्न भागमा महिला जागृति, उनीहरूको सशक्तीकरणका लागि अनवरत लडिरहेकी अमेरिकी गैरसरकारी संस्था ‘एभ्री वुमन’की प्रमुख कार्यकारी अधिकृत एवं सह–संस्थापक लिसा शाननले महिलालाई नेपाल र नेपालीले दिएको उच्च सम्मान र उनीहरूको सुरक्षाका निम्ति दर्र्शाएको सद्भाव र प्रतिबद्धता विश्वमै अनुकरणीय भएको बताउनुभएको हो । 

                                                      

महिला र बालिकाविरुद्ध हिंसा अन्त्य गर्ने अन्तर्राष्ट्रिय सन्धिको लागि विश्वव्यापी अभियानमा लाग्नुभएका लिजाले ‘विश्वमा दक्षिण एसियाको प्रतिध्वनिः महिला र बालिकाविरुद्ध हुने हिंसालाई सम्बोधन गर्न विश्वव्यापी मान्यता’ विषयको  दक्षिण एसियाली क्षेत्रीय सम्मेलनको लागि काठमाडौँ आएका बेला  रासससँगको कुराकानीमा दक्षिण एसियाका अन्य देशको तुलनामा नेपालमा महिला अधिकार रक्षाका निम्ति भएका प्रयास सराहनीय रहेको बताउनुभयो । यद्यपि उहाँले सन्तुष्ट भएर बस्ने अवस्था भने नरहेको बताउनुभयो । 

महिला हिंसा घटाउन भइरहेका प्रयासलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले हिंसा सम्बोधन गर्न कानुनीरूपमा नै बाध्यकारी प्रावधान हुनुपर्छ भन्नुभयो । एभ्रि वुमन ट्रिटीमा मानवअधिकार, महिला र किशोरविरुद्ध हुने हिंसाका विरूद्ध स्पट र कडा नीति तथा तिनको इमान्दारीपूर्वक कार्यान्वयन अपरिहार्य भएको अभिमत उहाँले व्यक्त गर्नुभयो । 

आर्थिकरूपमा महिलालाई आत्मनिर्भर बनाउने तथा स्वास्थ्य, सुरक्षा, न्यायलगायत सबै पेसा व्यवसायलाई जिम्मेवार बनाउनुपर्ने, हिंसा हुन नदिने शिक्षाको विकास गर्नुपर्ने, नियमन निकायलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । “विद्यालयस्तरदेखि नै हिंसाविरूद्धको शिक्षा लागू गर्नुपर्छ, महिलाहरूको सशक्तीकरणका लागि पर्याप्त स्रोत र साधनको व्यवस्था गर्न सरकारहरूले कञ्जुस्याईँ गर्नुहुँदैन”, विश्वका विभिन्न देशले प्रतिरक्षाका लागि छुट्याएको एक प्रतिशत रकमले पनि महिलाका लागि धेरै काम गर्न सकिने तर्क गर्दै उहाँले भन्नुभयो । 

महिलामाथि हुने विभेदलाई निमिट्यान्न पार्न विश्वका हरेक पुरुषले आवाज उठाउनुपर्ने बताउँदै उहाँले तेस्रोलिङ्गीलगायत सीमान्तकृत वर्गका समस्यालाई पनि बेवास्ता गर्न नहुने उल्लेख गर्नुभयो । नेपालका नीति निर्माता, कानुन कार्यान्वयन गर्ने निकाय, न्यायालयलगायत राज्यका हरेक तहका व्यक्ति महिला हिंसा रोक्न संवेदनशील रहेकामा आफूलाई खुसी लागेको उहाँले बताउनुभयो । 

भारत, रूस, सोमालिया, इराक, ग्वाटेमाला, केन्या र कङ्गोमा लैङ्गिक विभेदविरुद्ध अनुसन्धान गर्नुभएकी उहाँले कङ्गोली र सोमालियाका महिलाका लागि पहिलो यौन हिंसा सङ्कट केन्द्रको सहसंस्थापकका रूपमा काम गर्नाका साथै महिला आन्दोलन र उनीहरुको हकहितका लागि अन्तर्राष्ट्रिय रुपमा अभियान सञ्चालन गर्दै आउनुभएको छ । लिसा हार्वर्ड केनेडी स्कुलमा सेन्टर फर पब्लिक लिडरसिप ९२०१२–१३० र मानव अधिकारका लागि कार सेन्टरको ९२०१३–१४० ग्लेटिट्सम्यान फेलो हुनुहुन्थ्यो ।

एभ्रि वुमनअन्तर्गत विश्वव्यापी कार्य समूह निर्माण गर्नुभएकी उहाँ महिला अधिकारकर्मीहरुको सम्पर्कमा हुनुहुन्छ । महिला सशक्तीकरण र गरिबी उन्मूलनदेखि कानुनी स्थिति र विधवा, आदिवासी जनजाति र अन्यको अधिकारका विभिन्न क्षेत्रमा कार्यरत उहाँ महिला हकअधिकारको रक्षा तथा उनीहरूविरुद्धका सबै भेदभाव र हिंसा अन्त्य गर्नेसम्बन्धी ‘एभ्रि वुमन ट्रिटी’का निम्ति विश्वका विभिन्न देशका सरकार प्रमुखहरूसँग विश्वको हरेक क्षेत्रको प्रतिनिधित्व गर्ने १२७ विज्ञका साथ बहस, पैरवी गरिरहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह