2026-10-26 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको सान प्रान्सिस्कोमा ‘नेपाल डे परेड’ हुने

चैत्र २२, काठमाडौं | अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड’ आयोजना हुने भएको छ । नेपाली नयाँ वर्षको अवसरमा ९ अप्रिल २०२२ मा नेपाली पहिचान झल्किने ‘नेपाल डे परेड’ आयोजना गर्न थालिएको आयोजक मनी नेपाली पनेरुले बताए । 

परेड मूल आयोजक समितिका नेपाल प्रतिनिधि तथा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्षसमेत रहेका पनेरुले नेपालको पहिचान अमेरिका सामु गराउन कार्यक्रमले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । 

नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा हुनलागेको परेडले नेपाल चिनाउनका साथै नेपालको पर्यटनलाई सघाउने उद्देश्य रहेको उनी बताउँछन् । परेडले नेपाललाई पर्यटन गन्तव्यको रूपमा विदेशीलाई आकर्षण गर्ने अपेक्षा आफूहरूको रहेको उनले बताए ।

गैर आवासीय नेपाली संघ अमेरिकाको वेस्ट रिजन तथा क्यालिफोर्निया च्याप्टरको प्रमुख सक्रियतामा हुनलागेको कार्यक्रममा क्यालिफोर्नियाका ५० भन्दा धेरै संस्था आबद्ध रहेका छन् ।

‘परेडमा  विभिन्न जातजातिका भेसभुसा र झाँकीसहित लाखे नाच र पन्चे बाजा बजाइने छ । परेडपछि अप्रिल ९ को साँझमा सांस्कृतिक कार्यक्रम गरिने छ । जसमा सुप्रसिद्ध कलाकारहरूको प्रस्तुति रहने छ,’ पनेरुले भने ।

अमेरिका विभिन्न राज्यबाटसमेत बाक्लो उपस्थिति रहने परेड आफैँमा एक उत्सव भएको उनले बताए। समितिका संयोजक वेस्ट रिजन चेअर  श्रीराम थापा, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा तथा सहभागी संस्था समन्वय समितिका सभापति उत्तम कार्कीले आफूहरू जहाँ रहे पनि नेपालको माया सधैँ मनमा रहने प्रेस वक्तव्यमार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने