२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ वर्ष १ वैशाखमा अस्ट्रेलियामा आतिशबाजी गर्ने

२३ चैत्र २०७८, बुधबार १२:२०

चैत्र २३, क्यानबेरा | नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिशबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन १ वैशाख अर्थात १४ अप्रिल २०२२ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिशबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो ।

 सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिशबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो । अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरूको क्यानबेरामा बाक्लो उपस्थिति रहेको छ । 

अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरू बस्दै आइरहेका छन् ।  तर, भारतसँग सिमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए । त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिशबाजी गर्न लागिएको उनले जानकारी दिए । 

"नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् । जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरूको जमात ठूलै छ, र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन," आयोजक सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले भने, "त्यसैले नेपाली र भारतीय फरक हुन् । हाम्रो आफ्नै संस्कृति छ । चाल चलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिशबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं ।"

१ वैशाखमा आतिशबाजी गर्दै नेपालीहरूको आफ्नो छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिन लागिएको सनातन समाजले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो