2026-09-08 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतमा नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गरिने

 वैशाख ११, बेलायत | बेलायतमा बस्दै आएका नेपाली यूवाहरुले पहिलोपटक ‘ए स्टार नेपलिज बास्केटवल लिग २०२२’ को आयोजना गर्ने भएका छन् । करिब डेढ दशक अघिदेखि  बेलायतका नेपालीबीच बास्केटबल प्रतियोगिता हुने गरेको भएपनि लिगको सुरुवात गरिएको यो पहिलोपल्ट हो । शुक्रबार साँझ पत्रकार सम्मेलन गरि अप्रिल २४ बाट लिग सुरु गरिने नेपाल बास्केटबल यूकेले जनाएको छ ।

आगामी १४ अगष्टसम्म चल्ने १६ हप्ता लामो उक्त लिगमा ८ वटा नेपाली टिम रहने नेपाल बास्केटबल यूकेका सचिव एवं पिआर भुवन लिम्बुले जानकारी दिए । बेलायतमा एक दशक बढी वित्तीय क्षेत्रमा आवद्ध संस्था ‘ए स्टार फाइनान्सियल सोलुसन्स् यूके’ ले  लिगको प्रायोजन गरेको हो ।

बेलायतका विभिन्न स्थानहरु लन्डनको फेल्थम, बेजिङस्टोक, जिलिङहम र आसफोर्ड केन्ट लगायतमा लिग संचालन गरिने र विजेतालाई नगद पुरस्कारका साथै ट्रफी तथा शिल्ड प्रदान गरिनेछ ।  बास्केटबलको माध्यमबाट यूके र नेपालका नेपालीलाई जोड्ने उद्देश्य रहेको उनले बताए ।

गलत बाटोमा लागेका युवाहरुलाई पनि बास्केटबलको माध्यमबाट सहि बाटोमा ल्याएको लिम्बुले दावी  गरे । महिलाहरुले पनि चासो देखाएको हुँदा बास्केटबलमा महिलालाइसमेत समेट्ने नेपाल बास्केटबल यूकेले जनाएको छ।

बेलायतमा रहेका सिनियर कम्युनिटी र युवा जेनेरेसनबीचमा ठूलो अन्तर रहेको हुँदा यस किसिमको अन्तरलाई समानान्तर रुपमा अघि बढाउन बास्केटबल माध्यम बन्न सक्ने नेपाल बास्केटबल यूके अध्यक्ष रुपक गुरुङले बताए । नेपाल र बेलायतका खेलाडीबीच सम्बन्ध विस्तार, दुई देशमा विभिन्न इभेन्ट र प्रशिक्षण तथा लिग एवं टुर्नामेन्टलाई नियमित गर्दै जाने गुरुंगले बताए  । उनी नेपालका पूर्व बास्केटबल खेलाडी समेत हुन् ।

ए स्टार फाइनान्सियल सोलुसन्स् यूकेका प्रवन्ध निर्देशक एवं इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर मीन दर्लामीले नेपाली युवालाई प्लेटफर्म सृजना गरि बास्केटबलमार्फत उनीहरुलाई कुलतमा लाग्न रोक्ने आयोजकको उद्देश्यबाट प्रभावित भएर मुख्य प्रायोजन गरिएको बताए । युवाहरुलाई प्रोत्साहन गर्ने कार्यमा ए स्टारले निरन्तर सहयोग पुर्याउदै आएको दर्लामीले बताए ।

यसैगरी लन्डन बरो अफ हंस्लो मेयर विष्णु बहादुर गुरुङले खेलाडीहरुलाई शुभकामना दिंदै सक्रिय रुपमा अघि बढ्न सुझाव दिए । खेललाई निरन्तरता दिन आर्थिक पाटो निकै महत्वपूर्ण भएकाले बेलायत सरकारबाट प्राप्त गर्न सकिने सहयोग र प्रक्रियाको बारेमा गुरुंगले जानकारी दिए ।

बेलायतमा आयोजना हुने कतिपय खेलहरु जाती र वर्गसँग सम्बन्धित भएकाले सबै नेपालीलाई समेट्न नसकेको भन्दै सबै नेपालीको साझा भएर अगाडी बढ्न उनले सुझाव दिए।  

मेयर गुरुङले काउन्सिल, प्रहरी र अन्य निजी संस्थाबाट समेत खेल गतिविधिका लागि आर्थिक सहयोग मिल्ने भएकाले युवा लक्षित कार्यक्रम गर्न पनि सुझाए ।

कार्यक्रममा नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ बेलायतका अध्यक्ष सिद्धार्थविक्रम क्षेत्रीले खेलाडीहरुलाई प्रोत्साहन दिँदै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । निश्चित लक्ष्य लिएर अघि बढे सफलता हात पर्ने बताउँदै सुरुका दिनमा निकै संघर्ष गर्नुपर्ने क्षेत्रीले बताए । कार्यक्रममा ए स्टार फाइनान्सियल सोलुसन्स्का सदस्य तथा नेपाल बास्केटबल यूके पदाधिकारी सहभागी थिए ।

बेलायतको नेपाली समुदायबीच बास्केटबल खेल व्यवस्थित र थप व्यवसायिक बनाउन युवाहरुले संगठनको गठन गरेका हुन् । संस्थाले दीर्घकालीन लक्ष्यमा बास्केटबल इंग्ल्याण्डसँग आवद्धता, बेलायतबाट नेपाल प्रतियोगितामा सहभागिता र नेपालका खेलाडीलाई बेलायतमा अवसर एवं कोचिङ प्रदान गर्ने लक्ष्य राखेको छ । संस्थाको बोर्ड मेम्बरमा रुपक गुरुङ अध्यक्ष, संजय गुरुङ उपाध्यक्ष, भुवन लिम्बु सचिव, विप्लब पौडेल कोषाध्यक्ष र सोसियल मिडियामा दिवस राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल