विजय थापा/भदौ १५, वाशिंगटन डिसी l "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/भदौ १५, वाशिंगटन डिसी l "/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनासस तिज कार्यक्रमले बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक साथ सम्पन्न

१५ भाद्र २०७३, बुधबार १२:५९


विजय थापा/भदौ १५, वाशिंगटन डिसी l महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा  बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक रुपमा सम्पन्न भएको छ l 

अमेरिका नेपाल सहयोगी समाजको एक परियोजना अमेरिका नेपाल शिक्षा सदन ,डिसी नेपाली समाज लगायत  डिसी वरपरका संघ /संस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा आयोजना भएको २०७३ को तीज अनुमान गरे भन्दा ज्यादै सहभगिता भएको कारण आयोजकलाई व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो l 

स्वयम् सेवकहरुको अथक मेहनत र सहयोगको कारण आएका सबैलाई मिठा मिठा भोजन खुवाईएको थियो l यता नाचगान चलि रहको थियो भने उता भान्सामा बोराका बोरा चामलको तयारी गरि रहेको दृश्य देखिन्थ्यो l भोजन गृहमा  स्थान नअटेर बाहिर सवारी साधन राख्ने ठाउँमा खुवाउनु परेको थियो l 

डिसी महानगर क्षेत्रमा निकै क्रियाशील रहेको अमेरिका नेपाल सहयोगी समाज स्थापना काल देखि नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको छ l 


बिगत बर्ष भन्दा यस पटक खचाखच भिड भएको कारण आधा भन्दा ज्यादा महिला,पुरुष तथा बालबालिकाहरु उभिएका थिए l  कार्यक्रममा बस्नको लागि राखिएका कुर्सिहरु समेत हटाउनु परेको थियो l बिगत बर्ष भन्दा यस पटकको तिजमा अमेरिकामा जन्मेका र यहि हुर्केका दोश्रो पुस्ताका बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए l 

उक्त कार्यक्रममा बच्चा, बृद्ध, पुरुष तथा आमन्त्रित पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो भने दिदीबहिनीहरुले हर्ष लागेको र मनोरंजन भएको बताउदै नाच गानमा खूब रमाएर भाग लिएका देखिन्थे । 

 यस पटकको तिजमा झन्डै २ दर्जन भन्दा ज्यादा महिलाले एकै प्रकारका पोशाक लगाएर कार्यक्रम स्थल नै उज्यालो बनाई दिएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरुले पनि नेपाली पोशक लगाएर आएका थिए l महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति गरेका थिए l

कार्यक्रममा भिड भएकोले मनोरंजन गर्न आउने अधिकांशले बाहिर पनि बस्नु पर्ने अवस्था सिर्जना भएकोले आएका सबै अट्ने खालको सामुदायिक भवन बनाउन अपरिहार्यता भएको आयोजकले बताएका छन l  तिज कार्यक्रमलाई अझ व्यवस्थित बनाउन समुदाय गम्भीर हुनु पर्ने अवस्था देखिएकोले यस पटकको मानव सागर झैँ उर्लेको अवस्थालाई हेर्दा आगामी बर्षलाई अहिले देखि नै योजना बनाउनु पर्ने भएको आयोजकले बताए l

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प