2026-10-26 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहुल गान्धी ठमेलको डिस्को गएपछि भारतमा तरंग

वैशाख २०, काठमाडाैं | भारतीय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंको एक रात्रीक्लबमा पुगेको भिडियो सार्वजनिक भएपछि भारतीय राजनीतिमा तरङ्ग उठेको छ। काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्समा (एलओडी) एक महिलासँग राहुल गान्धी रमाउँदै गरेको भिडियो सार्वजनिक भएको छ। यसपछि भारतीय मीडियाले उनलाई चर्चाको विषय बनाएका छन्।  

साथीको विहेमा सहभागी हुन सोमबार साँझ काठमाडौं ओर्लिएका राहुल राति ठमेलस्थित एलओडी नाइटक्लब पुगेका थिए। उनी नाइट क्लब गएको भिडियो बाहिरिएसँगै भारतीय राजनीति तरंगित बनेको हो। भारतीय सञ्चारमाध्यमले पनि राहुलको डिस्को मनोरञ्जनलाई प्राथमिकता दिएका छन्।

देशभित्रै आन्तरिक संकटका माझ समस्याको सुल्झन खोज्नुको साटो विदेशमा रमाइरहेका गान्धीलाई भारतीय जनता पार्टीले (भाजपा) आलोचना गरिरहेको छ।भाजपाका आईटी प्रमुख अमित मालवियाले गान्धीको नाइटकल्बको भीडियो ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। उनले सोही ट्वीटमार्फत व्यंगात्मक शैलीमा ‘काङ्ग्रेस पार्टी सकिसक्दा पनि गान्धीको पार्टी चलिरहेको’ कुरा जोडेका छन्।

भाजपा र काङ्ग्रेसबीचको  मन-मुटाव कुनै नयाँ विषय होइन। युरोप भ्रमणमा रहेका प्रधानमन्री नरेन्द्र मोदी हाल डेनमार्कमा छन्। यही विषयमा मोदीको विरोध गर्दै काङ्ग्रेसले पनि केही समय अघि मात्र ट्वीट गरेको थियो। उक्त ट्विटमा लेखिएको थियो, ‘देशभित्र संकट छ, तर साहेबलाई (मोदी) विदेशमा रमाउँदै ठिक्क।’

उनका विरुद्ध आइरहेका आलोचनात्मक टिप्पणीको प्रतिरोध गर्दै काङ्ग्रेसका प्रवक्ता रणदीप सुर्जेवाला उनी नेपालमा मोदीजस्तो ‘ननिम्त्याइएको पाहुना’ नभएको बताए। पत्रकार सम्मेलनमार्फत सुर्जेवालाले भने, ‘विवाहको निम्तो मान्न गान्धी मित्रराष्ट्र गएका हुन्। यस्तै हो भने मोदी र भाजपाको सरकारले बिहेमा जानु पनि गैरकानूनी घोषणा गर्न बेर छैन।’ म्यानमारका लागि पूर्व-नेपाली राजदूत भीम उदासकी छोरीको बिहेमा सहभागी हुन गान्धी सोमबार साँझ नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने