2026-07-10 06:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राहुल गान्धी ठमेलको डिस्को गएपछि भारतमा तरंग

वैशाख २०, काठमाडाैं | भारतीय काङ्ग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौंको एक रात्रीक्लबमा पुगेको भिडियो सार्वजनिक भएपछि भारतीय राजनीतिमा तरङ्ग उठेको छ। काठमाडौँको ठमेलस्थित लर्ड अफ द ड्रिंक्समा (एलओडी) एक महिलासँग राहुल गान्धी रमाउँदै गरेको भिडियो सार्वजनिक भएको छ। यसपछि भारतीय मीडियाले उनलाई चर्चाको विषय बनाएका छन्।  

साथीको विहेमा सहभागी हुन सोमबार साँझ काठमाडौं ओर्लिएका राहुल राति ठमेलस्थित एलओडी नाइटक्लब पुगेका थिए। उनी नाइट क्लब गएको भिडियो बाहिरिएसँगै भारतीय राजनीति तरंगित बनेको हो। भारतीय सञ्चारमाध्यमले पनि राहुलको डिस्को मनोरञ्जनलाई प्राथमिकता दिएका छन्।

देशभित्रै आन्तरिक संकटका माझ समस्याको सुल्झन खोज्नुको साटो विदेशमा रमाइरहेका गान्धीलाई भारतीय जनता पार्टीले (भाजपा) आलोचना गरिरहेको छ।भाजपाका आईटी प्रमुख अमित मालवियाले गान्धीको नाइटकल्बको भीडियो ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। उनले सोही ट्वीटमार्फत व्यंगात्मक शैलीमा ‘काङ्ग्रेस पार्टी सकिसक्दा पनि गान्धीको पार्टी चलिरहेको’ कुरा जोडेका छन्।

भाजपा र काङ्ग्रेसबीचको  मन-मुटाव कुनै नयाँ विषय होइन। युरोप भ्रमणमा रहेका प्रधानमन्री नरेन्द्र मोदी हाल डेनमार्कमा छन्। यही विषयमा मोदीको विरोध गर्दै काङ्ग्रेसले पनि केही समय अघि मात्र ट्वीट गरेको थियो। उक्त ट्विटमा लेखिएको थियो, 'देशभित्र संकट छ, तर साहेबलाई (मोदी) विदेशमा रमाउँदै ठिक्क।'

उनका विरुद्ध आइरहेका आलोचनात्मक टिप्पणीको प्रतिरोध गर्दै काङ्ग्रेसका प्रवक्ता रणदीप सुर्जेवाला उनी नेपालमा मोदीजस्तो ‘ननिम्त्याइएको पाहुना’ नभएको बताए। पत्रकार सम्मेलनमार्फत सुर्जेवालाले भने, 'विवाहको निम्तो मान्न गान्धी मित्रराष्ट्र गएका हुन्। यस्तै हो भने मोदी र भाजपाको सरकारले बिहेमा जानु पनि गैरकानूनी घोषणा गर्न बेर छैन।' म्यानमारका लागि पूर्व-नेपाली राजदूत भीम उदासकी छोरीको बिहेमा सहभागी हुन गान्धी सोमबार साँझ नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो