2026-09-08 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेलायतको स्थानीय चुनावमामा पाँच गैरआवासीय नेपाली विजयी

वैशाख २६, लण्डन | बेलायतमा हालै सम्पन्‍न स्थानीय निर्वाचनमा त्यहाँस्थित गैरआवासीय नेपाली उम्मेदवार पनि विजयी भएका छन् ।

सार्वजनिक नतिजा अनुसार पाँच जना गैरआवासीय नेपाली उम्मेदवार विजयी भएका हुन् । विभिन्‍न स्थानीय काउन्सिलबाट १० गैरआवासीय नेपाली उम्मेदवार बनेका थिए ।

निर्वाचित हुने पाँचमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका हुन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् ।

निर्वाचितमध्ये तीन जना विपक्षी दल लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका छन् ।

निर्वाचित हुनेमध्ये लन्डनको हन्सलो बरोबाट मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भए । लेबर पार्टीबाट उम्मेदवार गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।    

लन्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् ।

बेलायतको रोयल बरोबाट पहिलो पटक गैरआवासीय नेपाली उम्मेदवार काउन्सिलर निर्वाचित भएका छन्।

रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट विजयी भएका हुन् ।

इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन् ।

कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए । उनले ५ सय ५१ मत प्राप्त गरेका थिए ।  

कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए ।  

लन्डनकै बार्नेट काउन्सिलको बन्टोक वडाबाट भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन् ।

लेबर पार्टीका उम्मेदवार उनले २ हजार सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरे । सो वडाको अर्को काउन्सिलरमा २ हजार ५ सय ४५ मतसहित लेबर पार्टीकै उम्मेदवार विजयी भए ।  

 स्थानीय चुनावमा सत्तारुढ दल कन्जरभेटिभले अघिल्लो चुनावभन्दा कम सिटमा विजयी हासिल गरेको छ । याे निर्वाचनमा प्रमुख प्रतिपक्ष दल लेवरलाई सफलता मिलेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल