पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख २९, भैरहवा | भारतीय प्रधानमन्त्रीले आगामी हप्ता लुम्बिनीमा चढ्ने बुलेट प्रुफ गाडी भैरहवामा ओरालिएको छ ।

ती गाडीलाई रसियन कार्गो हवाइजहाजमा राखेर भैरहवा पुर्याइएको हो । प्रधानमन्त्री मोदीको सुरक्षा दस्ता स्पेशल प्रोटेक्सन ग्रुप (SPG) ले ती गाडीलाई हिजो नयाँ दिल्लीबाट ल्याएको हो ।यसैबीच आज साढे ११ बजे बुध्द एअरको उडानबाट दुई हप्ताअगाडि रेक्कीमा आएर भारतीय राजदूतावाससङ्गको समन्वयमा सुरक्षा स्थिति अवलोकन गरिरहेका अधिकृत प्रसन्न श्रीवास्तवलगायत पाँच जनाको टोली भैरहवा गएको छ । उक्त टोली पनि लुम्बिनीस्थित पवन प्यालेस होटलमा बसेको छ ।हिजो पुगेको झण्डै चार दर्जन भारतीय सुरक्षाकर्मीहरुको टोली पनि त्यही होटलमा बसेको छ ।