भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरुको ३५ बर्ष पुरानो संस्था एन्मा र २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरुको ३५ बर्ष पुरानो संस्था एन्मा र २"/>

2026-07-05 04:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्मा नासाको तर्फबाट पत्रकार थापालाई सम्मान


भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरुको ३५ बर्ष पुरानो संस्था एन्मा र २५ बर्ष पुरानो संस्था नासाको संयुक्त सम्मेलनमा पत्रकार सूर्य थापालाई बिषेश सम्मान गरेको छ । 

अमेरिकाको मिजौरी राज्यमा भएको सम्मेलनमा न्यूयोर्कमा बस्ने पत्रकार थापालाई नेपाली समुदायमा पत्रकारिता मार्फत पुराएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । नेपालको गुल्मी जिल्लामा जन्मिएर काठमाण्डौमा, पत्रिका, एफएमदेखि टेलिभिजन पत्रकारिता सम्बन्धी अनुभब संगालेका थापा अमेरिका आए पश्चात न्यूयोर्कबाट सन्चालीत हुने ह्वाईट हिमाल टेलिभिजनमा आवद्ध भएका थिए । 

नेपालबाट अमेरिकामा अमेरिकन सरकारको मान्यता प्राप्त पत्रकारको रुपमा पत्रकारिता गर्न आएका थापा अमेरिकाको नेपालीहरुको बाहुल्यता रहेको प्राय राज्यमा पुगेर समाचार संकलन तथा सम्प्रेषण गर्ने गरेका छन् । 

स्टेज कार्यक्रम सन्चालन तथा लाईभ टेलिभिजन कार्यक्रम सन्चालन गर्न बिषेश दख्खल राख्ने थापा अमेरिकन नेपाली समुदायमा चर्चित पत्रकारको रुपमा पर्दछन् । थापाले आफ्नो परिवार र ब्यक्तीगत स्वार्थ भन्दा माथी उठेर अमेरिकन नेपाली समुदायमा सुचना प्रवाह गरेको आफुहरुले देखिरहेको बताउदै एन्मा अध्यक्ष शुसील शर्माले थापा सम्मानका लागि योग्य ब्यक्ती भएको बताउनुभयो ।

 त्यस्तै नासाका अध्यक्ष बिमल नेपालका अनुसार थापाले समुदाय अरुले भन्दा फरक र सबैलाई समेटेर पत्रकारिता गर्ने गरेको र एन्मा, नासालाई पनि लामो समयदेखि सहयोग गरेकोले सम्मान गरेको बताए । सम्मानपछि खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफुलाई थप उर्जा मिलेको बताएका छन् । पत्रकार थापा श्रीमती शारदा र दुई छोरी सनसाईन र सन्नीभाका साथ न्यूयोर्कमा बसेर पत्रकारितामा सकृय छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै