भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घ"/>

2026-09-08 10:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एन्मा अध्यक्षमा बाला घिमिरे चयन


भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् । 

 एन्मा र नासाको शनिवारदेखि सेण्टलुईसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी बाला व्यवसायी हुन् । केही साता अघि उनलाई नेपाल पर्यटन वोर्डले पर्यटन दुत नियुक्त गरेको थियो । 

 एक बर्ष अघिको महाभुकम्पपछि उनी नेपालका लागि सहयोग जुटाउन घिमिरे सकृय थिए । दुइ बर्षे कार्यकालका लागि चुनिएका पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा कैलाश कायस्थ र उपाध्यक्षमा वलाराम पन्थी र संजय घिमिरे चयन भएका छन् । 

 त्यस्तै महासचिवमा भरत कँडेल र सचिवमा बेनीमाधव कँडेल (गोपाल) चयन भएका छन् । कोषाध्यक्षमा संजय श्रेष्ठ, भ्युपोयन्ट एडिटरमा माधव ढकाल चयन भइका छन् । कार्यकारी सदश्यमा अनिता अधिकारी, डा नन्द जोशी, श्रीराम हरी न्यौपाने, निजर ठाकुर, दिवाकर दाहाल, दिलिप योगी, वुना दाहाल, श्याम वस्नेत, उर्मिला निर्दोषी, ओमप्रकाश दाहाल, नीता खतिवडा र मिडिया संयोजकमा केशव खनाल चयन भएका छन् ।

 त्यस्तै बोर्ड अफ ट्रिस्टीमा मुकेश सिंह, डा. गौरी अधिकारी, राजेन्द्र खतिवडा, गोपेन्द्र भट्टराई र डा.सोहन खतिवडा छन् । वरिष्ठ सल्लाहकारमा शारदा थापा छन् । सम्मेलन नयाँ कार्यसमिति चयन गर्दै आइतवार सम्पन्न भएको छ । सम्मेलनमा नेपालका राजदुत अर्जुन कार्की, सांसद लगायत विभिन्न राज्यवाट आएका नेपालीको सहभागी थिए ।

 समापन समारोहपछि नव निर्वाचित अध्यक्ष घिमिरेले भावी दिनमा संस्थालाइ सबैको सहयोग र सल्लाहमा अघि बढाउने प्रतिवध्दता जारी गरेका थिए । उनले संस्थाले सफलताका लागि सबैबाट सहयोगको अपेक्षा समेत राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित