२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए (युएई)को अध्यक्षमा ठाकुर ढुंगाना र प्रमुख संरक्षकमा रमेश श्रेष्ठ

२०७९, २६ जेष्ठ बिहीबार १४:४४

जेठ २६, काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी यूएईको अध्यक्ष ठाकुर प्रसाद ढुंगाना चयन भएका छन । युएईमा रहेका संघ सँस्थाहरुको सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको एनआरएनए आइसिसिका अध्यक्ष बद्री केसिले बताए ।


केसिक आनुसार सहमतिमा युएईमा नयाँ नेतृत्व चुनिएको जनाउदै छिट्टै एक कार्यक्रम गरि निर्णय सार्वजनिक गरिने बताए । यो संगै एनआरएनए एनसिसि युएईमा लामो समयदेखि देखा परेको विवाद अन्तत टुंगिएको छ । धेरै प्रयास र पहलपछि सर्व-सहमतिका आधारमा नयाँ कार्यसमिति निर्माण भएको हो ।

केही दिनअघि मध्यपूर्व क्षेत्रीय संयोजक मनोजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले ढुंगानाको नेतृत्वमा ५७ सदस्यीय नया कार्य समिति निर्विरोध चयन गरेको हो । अध्यक्ष ढुंगाना दुई कार्यकाल आईसिसि सदस्य रहिसकेका एनआरएनए अभियन्ता हुन ।

एनआरएनए एनसिसि युएईको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पासाङ रेन्जि शेर्पा,उपाध्यक्षहरुमा निरन्जन सिलवाल, विकास शाही, नर बहादुर सेन(नरेश सेन), जीवन दास, सुजन सापकोटा, शोभा शर्मा, मोहम्मद नुमान सिद्दिकी, रमेश ढकाल, केशव नेपाल, कृष्णप्रसाद पौडेल र कृष्ण ठाकुर चयन भएका छन भने मदन अधिकारी युवा उपाध्यक्ष र सोनम श्रेष्ठ महिला उपाध्यक्षमा नियुक्त भएका छन ।

यस्तै दीपक खड्कालाई महासचिवको जिम्मेवारी दिइएको छ भने सचिवमा ताराबहादुर बोहोरा(एमडि), पुस्कर शर्मा सापकोटा,सुमन पराजुली, बिरेन्द्र नकर्मी, मुना सामसुन्ग ,राजेन्द्र रोस्यारा, निरञ्जन खत्री,फणीन्द्र ढकाल र कुमार लम्साल रहेका छन ।

यसैगरि बिष्णुलाल श्रेष्ठ कोषाध्यक्ष बनेका छन भने रमेश गौतम र प्रकास थापा सह–कोषाध्यक्ष भएका छन । यस्तै युवा संयोजकमा भिम मल्ल ठकुरी र महिला संयोजकमा रोमा अधिकारी चयन भएका छन भने युवा सह–संयोजकमा शम्भु पोखरेल र अपिल भट्टराई चुनिएका छन ।

यसैगरि सदस्यहरुमा जनक पराजुली, मञ्जु मल्ल, नवराज श्रेष्ठ, तुलसीराम भुसाल, कृष सुनार, शेर सुनार, रंजन भुजेल, संरक्षण के.सी., संगम सिंह ठकुरी, शैलेन्द्र खड्का, हर्क राई, राजन अधिकारी, प्रेम बहादुर शाही, जीवन सिंह ठकुरी, असार तामाङ, कमल पोख्रेल, टी.एन शर्मा, सुनिल कटवाल, रुप खत्री, सुमी गहतराज, बिजय लामा, सोनाम गुरुङ, इन्द्रराज पौडेल, बसन्त बिष्ट र चेत नारायण भट्टराई चयन भएका छन ।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष डा. बद्रि केसी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष धर्मराज अधिकारी,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्य पूर्व संयोजक मनोज कुमार श्रेस्ठ, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद युरोप सहसंयोजक ललित कुमार न्यौपाने,गैरआवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद रसियाका अध्यक्ष शिवमणि भुर्तेल,गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्व सहसंयोजक राजु केसी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद निबर्तमान आईसीसी सदस्य ठाकुर प्रसाद ढुंगाना, गैरआवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद युएईका पुर्वअध्यक्ष रमेश श्रेस्ठ, गैरआवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद युएईका पुर्वअध्यक्ष सुदिप कार्की, जनप्रगतिशिल मंच मध्यपुर्वका सचिव हरी नेपाली,नेपाली जनसंपर्क समिति युएईका सभापति भवानी प्रसाद तिमल्सिना,नेपाली जनप्रगतिशिल मंच युएईका अध्यक्ष बाबुराम बिश्वकर्मा,प्रवासी नेपाली एकता मंचका महासचिव टक गुरुंग,नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष लक्ष्मण खनाल,इनास युएई अध्यक्ष एमडी बोहोरालगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर