असार ५, काठमाडौं | मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंले संयुक्त अरब इमिरेट्स (युएई)मा मेडिकल कलेज खोल्ने बताएका छन् ।

झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आइतबार आयोजित एक कार्यक्रममा प्रसाईंले दुबईमा पाँच सय डाक्टर पढाउने मेडिकल कलेज र २५ सय नर्स पढाउने नर्सिङ कलेज स्थापना गर्ने घोषणा गरेका हुन् ।

‘मलाई नेपालमा मेडिकल कलेज सञ्चालन गर्न दिएनन्,’ उनले भने, ‘बिएण्डसी दुबई भनेर म त्यहाँ (दुबई) मेडिकल कलेज खोल्छु । हामीले बिएण्डसी दुबई भनेर एक अर्कामा मेडिकल कलेज खोल्ने समझदारी साटासाट गरेका छौं।’

नेपाल भ्रमणमा रहेका युएईका ‘राजकुमार’ शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम र आफूबीच यस विषयमा आपसी समझदारी पनि भएको उनको दाबी छ ।