2026-09-08 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब आउँदो अगस्ट महिनादेखि कोरियन एयरले नेपालमा नियमित उडान गर्ने, भाडा कति ?

असार ८, सोल | कोरियन एयरले अगस्ट महिनादेखि प्रत्येक सोमबार र बुधबार सोल-काठमाडौं नियमित उडान गर्ने भएको छ । कोरोना महामारीका कारण रोकिएको उडान दुई वर्ष पछि पुनः सुरु हुन लागेको हो ।

चर्को कामदार अभाव खेपिरहेको कोरियाले कोरोना महामारी पछि सबै क्षेत्रको जनजीवनलाई सामान्य बनाउने नीति अपनाएको छ । सोही नीति अन्तर्गत कोरियाली राष्ट्रिय ध्वजावाहक कोरियन एयरले विभिन्न देशसँग रोकिएको उडानहरु नियमित गर्न लागेको हो । यसअघि नै धेरै देशसँग नियमित उडान गरे पनि नेपालमा भने अगस्ट महिनादेखि उडान गर्ने भएको हो ।

महामारी पछि कोरियन एयरले चार्टर उडानको मार्फत काठमाडौ उडान गर्दै आएको थियो । यसरी गरिएको उडानमा यात्रुहरुले एकतर्फी उडान गर्दा सस्तोमा १० लाख ९० हजार वन (१ लाख ९ हजार रुपैयाँ) दुई तर्फी उडान भर्ने यात्रुले १९ लाख वन (१ लाख ९० हजार ) तिर्दै आएका थिए । चर्को शुल्क तिरे पनि कहिले उडान रद्द हुने र कहिले उडान तालिका परिवर्तन भइरहने समस्या भोग्दै आएका थिए ।

नियमित उडान भएसँगै लामो समयदेखि कोरिया आउन प्रतिक्षारत युवाहरु सहजै रोजगारका लागि यहाँ आउन पाउने छन् । साथै कोरियामा रहेका नेपालीले पनि अन्य एयर मार्फत नेपाल जान र कोरिया आउन ट्रान्जिटको झन्झटिलो व्यहोरिरहेका थिए । अब ट्रान्जिटको बाध्यता हट्ने छ । साथै उडान रद्द भइरहने समस्या पनि भोग्नु पर्ने छैन ।

कोरोना संक्रमणकाल भन्दा पहिले एकातर्फी उडानका लागि ६ लाख ८० हजार वन (६८ हजार रुपैया) दुई तर्फी उडान गर्ने यात्रुले ८ लाख ६० हजार (८६ हजार रुपैया) मात्रै यात्रुले तिरे पनि इकोनोमी क्लासको टिकट पाइन्थ्यो ।

कोरियन एयरले नियमित उडान गर्ने भए शुल्क केही कम हुने भए पनि पहिलेकै शुल्क भन्दा बढि नै मूल्य तोकिएको छ । अगस्ट महिनाको लागि भनेर कोरियन एयरले एकतर्फी उडानका लागि ईकोनोमी क्सासको टिकट सबै भन्दा सस्तो ९ लाख वन (९० हजार) तोकेको छ भने दुई तर्फी उडानका लागि १६ लाख वन (१ लख ६० हजार) लाग्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ