Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एनआरएनए मलेसियाद्वारा पत्रकारहरुको स्वागत

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १२, क्वालालम्पुर । गैरआवासिय नेपाली संघ एनआरएनए मलेसियाले नेपालबाट कोरोना पछिको वैदेशिक रोजगारको सम्भावना र चुनौती, रेमिट्यान्सको अवस्था र गैरआवासिय नेपालीका बिबिध गतिबिधिका बारेमा स्थलगत रिपोर्टिंगका लागि आएका पत्रकारहरुलाई स्वागत गरेको छ ।

एनआरएनए मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा तथा युवा संयोजक अरुण गिरिले क्वालालम्पुर विमानस्थलमा पुगि पत्रकार टोलीलाई स्वागत गरेका हुन । पत्रकारहरुको टोलीमा जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले, साझा सबाल डटकमका सम्पादक अनिल अधिकारी, नयाँ सडक दैनिकका संपादक ज्ञानप्रसाद पौडेल, ब्रेकलिंक्स डटकमका पत्रकार डिल्ली पाण्डे, प्रदेश अनलाइन खबर डटकम र एसियन खबर डटकमका पत्रकार शेखर लामा लगायत रहेका छन ।

पत्रकारहरु सँगको भेटमा उपाध्यक्ष सापकोटाले अव्यवस्थित रुपमा रहेको वैदेशिक रोजगारलाई व्यवस्थित बनाई हुण्डी कारोबारको अन्त्य गराउन नेपाल सरकारलाई दवाव दिन आवश्यक रहेको बताए । उनले कोरोनाको कहर अघिनै लामो समय मलेसिया रोजगार बन्द रहेर कोरोनाको कारण समेत लामो समय बन्द रहेको मलेसिया रोजगार बिस्तारै पुरानै लयमा फर्किएको बताए । सापकोटाका अनुसार मलेसियाले पछिल्लो सम्झौता अनुसार तलब बढाएपछि नेपालीहरुको लागि मलेसिया आकर्षक गन्तव्य मुलुक बनेको छ । उपाध्यक्ष सापकोटाले मलेसिया रोजगार खुलेसँगै र तलब समेत बढेसँगै म्यानपावरहरुको अस्वस्थ प्रतिष्पर्धाको कारण कामदारको लागत बढेको बिषयलाई नियन्त्रण गर्न नेपाल सरकार गम्भीर बन्नु पर्नेमा ध्यानाकर्षण गरे ।

स्थलगत रिपोर्टिंगका क्रममा मलेसियामा रहेर पत्रकारहरुले पछिल्लो समय मलेसिया रोजगारमा आएको समस्या र नेपालीहरुको गतिबिधिबारे नजिकबाट बुझ्ने बताएका छन ।