Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एनआरएनए यूकेको साधारणसभामा राजदूत आचार्य नआएपछि आक्रोश

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

साउन २२, काठमाडौँ | एनआरएनए यूकेको शनिबार अल्डरसटमा सम्पन्न साधारणसभामा प्रमुख अतिथिको रूपमा सहभागी हुन ‘कन्फर्म’ गरिसकेका राजदूत ज्ञानचन्द्र आचार्य अन्तिम समयमा अनुपस्थित भएपछि उनीप्रति आयोजक र सहभागीले आक्रोश पोखेका छन्।

कार्यक्रममा सहभागी बेलायतस्थित झन्डै तीन दर्जन नेपाली संघसंस्थाका प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै राजदूतको भूमिकाप्रति खेद व्यक्त गरेका छन्।

विभिन्न ३३ वटा संस्थाका अध्यक्ष एवं प्रतिनिधिले हस्ताक्षर गरेको वक्तव्यमा राजदूत आचार्यले निमन्त्रणा स्वीकार गरिसकेको कार्यक्रममा अन्तिम समयमा पूर्वजानकारीबिना अनुपस्थित भएर कार्यक्रमका आयोजक एवं सहभागी सबैलाई अपमानित गरेको आरोप लगाइएको छ।

बेलायतवासी सम्पूर्ण नेपालीको अभिभावक हुनुपर्ने राजदूत कुनै एक स्वार्थ समूह र झुन्डको राजदूतको रूपमा भूमिका खेलेको भन्दै उनीहरुले सबैको साझा राजदूतको रुपमा भूमिका खेल्न आग्रह गरेका छन्। वक्तव्यमा भनिएको छ, ‘राजदूत आचार्यलाई समाज भाँड्ने, अपमान गर्ने कार्यलाई बन्द गर्न र सबैको राजदूत बन्न चेतावनीसहित आग्रह गर्दछौं ।’

यसअघि कार्यक्रमका सम्बन्धमा कार्यसमितिभित्रै विवाद रहेको कुरा बाहिर आएपछि प्रमुख अतिथिको निम्तो स्वीकार गरिसकेका राजदूत आचार्यबीच बाटोबाटै फर्किएका थिए। अन्तिम समयमा अनुपस्थित हुँदासमेत उनले इमान्दारीपूर्वक जानकारी नगराएकोप्रति आयोजक थप रुष्ट बनेको थियो। ‘राजदूतले बाटोमा छु, २ बजेसम्म आइपुग्छु भनेर अध्यक्षलाई फोन गर्नुभएछ । त्यसैले हामीले उहाँकै लागि त्यतिञ्जेल पर्खियौं। तर पछि उहाँ कार पार्कसम्म आएर फर्किनुभयो भन्ने सुन्यौं’, एनआरएनए यूके युवा संयोजक अनिल मल्लले भने।

अध्यक्ष प्रेम गाहामगरले राजदूतले अन्तिम समयमा अनुपस्थित रहेर एनआरएनए यूकेका साथै कार्यक्रममा उपस्थित बेलायतभरका संघसंस्थाका प्रतिनिधिहरुलाई अपमान गरेको आरोप लगाए।