हेम चन्द्र राई | युएई - दुबई , २०७३ भाद्र, २१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | युएई - दुबई , २०७३ भाद्र, २१"/>
2026-10-26 03:04 AM
काठमाडौँ - KTM

मुटुको रोगी बिनोदलाई किरात छुलाछोछावा प्रतिष्ठान नेपालको पहलमा प्रवासीले गरे आर्थिक सहयोग

हेम चन्द्र राई | युएई – दुबई , २०७३ भाद्र, २१ , वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबईमा आएका  साउनेचउर–५ खोटाङका विनोद राई लाई मुटुको उपचारार्थ किरात छुलाछोछावा प्रतिस्ठान नेपालको पहलमा प्रवासी नेपालहरुले आर्थिक सहयोग गरेको छ । दैनिक डिउटीको समयमा कार्यक्षेत्रमानै अचेत भई एक्कासि बिनोद राई ढलेपछि अस्पतालमा स्वस्थ्य जाच गराउदा उहाँमा मुटुको समस्या देखिएको थियो । उपचारको क्रममा आर्थिक समस्या भएपछि प्रतिष्ठानले देशविदेशमा रहनुहुने प्रवासी नेपाली तथा स्वादेशी नेपालीहरुमा आर्थिक सहयोगको अपिल गरेको थियो । सोहि अपिल अनुसार विभिन्न दाता महानुभावहरुबाट संकलन भएको सहयोग रकम रु.८६, २३७ (अक्षेरुपी छयासी हजार, दुई सय सैतिस रुपैंया )  प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थितिमा उहाँको शिघ्रस्वास्थ्य लाभको कामना सहित अध्यक्ष श्री अनराज राईले काठमाडौंमा विनोद राईलाई हस्तान्तरण गर्नु भएको हो । बिनोद राई हाल मुटुको गम्भीर स्वस्थ्य समस्या देखिए पछि उनी स्वदेशमा उपचारत छन ।

सहयोगीहरू:

१. संगीता राई-साउनेचउर-७,हाल ललितपुर-रू.५०००/-
२. दिपेन्द्र राई-साउनेचउर-७,हाल युएई-रू.५०००/-
३. आङ्दामु शेर्पा-सोलु भखान्जे, हाल अमेरिका रू.५०००/-
४. सुष्मा राई-उदयपुर बसाहा, हाल-काठमाडौ-रू. ५०००/-
५. भुपेन्द्र जंग राई-साउनेचउर-७, हाल मकाउ-रू.४०००/-
६. चन्द्रशेखर राई-साउनेचउर-७,हाल मेलेशिया-रू. ५२३७/-
७. मन कुमारी सुनुवार-रामेछाप, हाल युएई-रू. १५००/-
८. बाल कुमारी लिम्बु-ताप्लेजुंग, हाल युएई-रू.१०००/-
9. प्रेम कुमारी खतिवडा-झापा, हाल युएई-रू.१०००/-
१०. बिनोद श्रेष्ठ-फाक्टङ-२, हाल-युएई-रू.३०००/-
११. युवराज राई-साउनेचउर-७, हाल युएई-रू.३३३३/-
१२. शिवजी राई-साउनेचउर-७, हाल साउदी-रू. २०००/-
१३. टेकेन्द्र चाम्लिङ राई , नेपाली सहकारी संस्था युएई-रू.५५५५/-
१४. दिपक राई- फाकटाङ-१,हाल दुबई-रु ५,६३५/-
१५. भक्त राई-काँकडभिट्टा-हाल-युएई-रू. ३,०००/-
१६. गोपाल थापा-हेटौंडा, हाल-युएई-रू. ३,०००/-
१७. पूर्ण खड्का- हेटौंडा, हाल-युएई- रू. ३,०००/-
१८. पिताम्बर दाहाल-काठमाडौ, हाल-युएई- रू. ३,०००/-
१९. अर्जुन राई – उदयपुर-बेल्टार, हाल-दुबई-रु. ३,०००/-
२०. मुलघर एमवान्का साथीहरू-युएई-रू. ७,७७७/-                                                                                                              
२१.. सुमन श्रेष्ठ- स्याङ्जा हाल-युएई- रू. १,५००/-
२२. बिजय कट्वाल- काठमाडौ, हाल-युएई- रू. १,७००/-
२३.. नन्द किशोर राई- काठमाडौ, हाल-युएई- रू. १,५००/-
२४. अशोक राई- सुनसरी, धरान, हाल-युएई- रू. १,५००/-
२५. अर्जुन खड्का-साउनेचउर-६, हाल युएई-रू. ३०००/-
२६. देबराज राई – साउनेचउर-७, हाल मलेशिया-रू.५०००/-
प्रतिस्थापन र पिडितको तर्फबाट मानबीय सहयोग गर्नुहुने महान सहयोगीहरू साथै वहाँको सपरिवारमा सुख समृद्धिको कामना सहित वहाँहरूको आर्थिक सहयोगको उच्च सम्मान गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं !

यस अगाडि पनि धादिंगका अपांग असहाय भट्ट परिवार र रेबेका राईको अनुहारको उपचारको लागि पनि विभिन्न सहयोगीहरूको साथमा सहकार्य गर्दै आर्थिक रकम हस्तान्तरणको लागि पुलको काम गरेको थियो । दुई महिना अगाडि मात्रै स्थापना भएको प्रतिस्थापनले स्थापना दुइ महिनामा तीन पीडितहरुलाई आर्थिक सहयोग जुटाएर पीडितलाई सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने