हेम चन्द्र राई | युएई - दुबई , २०७३ भाद्र, २१"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई | युएई - दुबई , २०७३ भाद्र, २१"/>
2026-09-08 10:35 AM
काठमाडौँ - KTM

मुटुको रोगी बिनोदलाई किरात छुलाछोछावा प्रतिष्ठान नेपालको पहलमा प्रवासीले गरे आर्थिक सहयोग

हेम चन्द्र राई | युएई – दुबई , २०७३ भाद्र, २१ , वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबईमा आएका  साउनेचउर–५ खोटाङका विनोद राई लाई मुटुको उपचारार्थ किरात छुलाछोछावा प्रतिस्ठान नेपालको पहलमा प्रवासी नेपालहरुले आर्थिक सहयोग गरेको छ । दैनिक डिउटीको समयमा कार्यक्षेत्रमानै अचेत भई एक्कासि बिनोद राई ढलेपछि अस्पतालमा स्वस्थ्य जाच गराउदा उहाँमा मुटुको समस्या देखिएको थियो । उपचारको क्रममा आर्थिक समस्या भएपछि प्रतिष्ठानले देशविदेशमा रहनुहुने प्रवासी नेपाली तथा स्वादेशी नेपालीहरुमा आर्थिक सहयोगको अपिल गरेको थियो । सोहि अपिल अनुसार विभिन्न दाता महानुभावहरुबाट संकलन भएको सहयोग रकम रु.८६, २३७ (अक्षेरुपी छयासी हजार, दुई सय सैतिस रुपैंया )  प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थितिमा उहाँको शिघ्रस्वास्थ्य लाभको कामना सहित अध्यक्ष श्री अनराज राईले काठमाडौंमा विनोद राईलाई हस्तान्तरण गर्नु भएको हो । बिनोद राई हाल मुटुको गम्भीर स्वस्थ्य समस्या देखिए पछि उनी स्वदेशमा उपचारत छन ।

सहयोगीहरू:

१. संगीता राई-साउनेचउर-७,हाल ललितपुर-रू.५०००/-
२. दिपेन्द्र राई-साउनेचउर-७,हाल युएई-रू.५०००/-
३. आङ्दामु शेर्पा-सोलु भखान्जे, हाल अमेरिका रू.५०००/-
४. सुष्मा राई-उदयपुर बसाहा, हाल-काठमाडौ-रू. ५०००/-
५. भुपेन्द्र जंग राई-साउनेचउर-७, हाल मकाउ-रू.४०००/-
६. चन्द्रशेखर राई-साउनेचउर-७,हाल मेलेशिया-रू. ५२३७/-
७. मन कुमारी सुनुवार-रामेछाप, हाल युएई-रू. १५००/-
८. बाल कुमारी लिम्बु-ताप्लेजुंग, हाल युएई-रू.१०००/-
9. प्रेम कुमारी खतिवडा-झापा, हाल युएई-रू.१०००/-
१०. बिनोद श्रेष्ठ-फाक्टङ-२, हाल-युएई-रू.३०००/-
११. युवराज राई-साउनेचउर-७, हाल युएई-रू.३३३३/-
१२. शिवजी राई-साउनेचउर-७, हाल साउदी-रू. २०००/-
१३. टेकेन्द्र चाम्लिङ राई , नेपाली सहकारी संस्था युएई-रू.५५५५/-
१४. दिपक राई- फाकटाङ-१,हाल दुबई-रु ५,६३५/-
१५. भक्त राई-काँकडभिट्टा-हाल-युएई-रू. ३,०००/-
१६. गोपाल थापा-हेटौंडा, हाल-युएई-रू. ३,०००/-
१७. पूर्ण खड्का- हेटौंडा, हाल-युएई- रू. ३,०००/-
१८. पिताम्बर दाहाल-काठमाडौ, हाल-युएई- रू. ३,०००/-
१९. अर्जुन राई – उदयपुर-बेल्टार, हाल-दुबई-रु. ३,०००/-
२०. मुलघर एमवान्का साथीहरू-युएई-रू. ७,७७७/-                                                                                                              
२१.. सुमन श्रेष्ठ- स्याङ्जा हाल-युएई- रू. १,५००/-
२२. बिजय कट्वाल- काठमाडौ, हाल-युएई- रू. १,७००/-
२३.. नन्द किशोर राई- काठमाडौ, हाल-युएई- रू. १,५००/-
२४. अशोक राई- सुनसरी, धरान, हाल-युएई- रू. १,५००/-
२५. अर्जुन खड्का-साउनेचउर-६, हाल युएई-रू. ३०००/-
२६. देबराज राई – साउनेचउर-७, हाल मलेशिया-रू.५०००/-
प्रतिस्थापन र पिडितको तर्फबाट मानबीय सहयोग गर्नुहुने महान सहयोगीहरू साथै वहाँको सपरिवारमा सुख समृद्धिको कामना सहित वहाँहरूको आर्थिक सहयोगको उच्च सम्मान गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं !

यस अगाडि पनि धादिंगका अपांग असहाय भट्ट परिवार र रेबेका राईको अनुहारको उपचारको लागि पनि विभिन्न सहयोगीहरूको साथमा सहकार्य गर्दै आर्थिक रकम हस्तान्तरणको लागि पुलको काम गरेको थियो । दुई महिना अगाडि मात्रै स्थापना भएको प्रतिस्थापनले स्थापना दुइ महिनामा तीन पीडितहरुलाई आर्थिक सहयोग जुटाएर पीडितलाई सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित