हेम चन्द्र राई | युएई | दुबई, १० सेप्टेम्बर २०१६, गुरुङ समुदायको तमु समाज युएईले आफ्नो परम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

हेम चन्द्र राई | युएई | दुबई, १० सेप्टेम्बर २०१६, गुरुङ समुदायको तमु समाज युएईले आफ्नो परम्"/>

2026-07-05 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईमा गुरुङ कलाकार र राजु सम्मानित गरिए


हेम चन्द्र राई | युएई | दुबई, १० सेप्टेम्बर २०१६, गुरुङ समुदायको तमु समाज युएईले आफ्नो परम्परा अनुसार गुरुङ कला सस्कृती , लोक गितमा अमुल्य योगदान पुर्‍याउने पाच कलाकारलाई १० सेप्टेम्बर २०१६ का दिन बरदुबईमा स्थित हिमालयन रेस्टुरेन्टमा एक कार्यक्रम गरी  सम्मान गरेको छ l लम्जुङ् सम्पर्क समितिको चौथो वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित सांस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्न आएका पाँच जना कलाकारहरु लोक गायक राजु परियार, लोक दोहारी गायिका विष्णु माया गुरुङ, गायिका तथा उद्घोषिका माया गुरुङ, तमु चलचित्रका नायिका तथा मोडल अश्मी गुरुङ र अर्का तमु चलचित्रकै नायिका तथा मोडल लक्ष्मी गुरुङलाई गुरुङहरुको परम्परागत पहिरन क्रेगि, क्रमु र खादा ( खतक ) लगाई साथमा सम्मान तथा प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरिएकोछ l

लोक गित, संगीत, अभिनय र मोडलिंगको क्षेत्रबाट गुरुङ लगायत सिंगो नेपाली कलासंस्कृतिको सङ्ग्रक्षण , सम्वर्धन र विकाशमा कलाकारहरुले पुर्‍याउन भएको योगदानको उच्च मुल्यांकन गर्दै उक्त सम्मान गरिएको समाजका अध्यक्ष श्रीमती उषा गुरुङले जानकारी दिएका थिइन । 

समाजका केन्द्रिय अध्यक्ष श्रीमती उषा गुरुङको सभापतित्वमा, लोक गायक राजु परियारको प्रमुख आथित्य , तमु समाज युएई दुबई क्षेत्रीय समितिका सचिव उर्मिला गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य समाजका केन्द्रिय सल्लाहकार डि. आर. गुरुङले दिएका थिए । भने समाजका प्रमुख संरक्षक यम प्रशाद गुरुङले शुभकामना मन्त्यब्य व्यक्त गरेका थिए l

तमु समाज युएई दुबई क्षेत्रीय समितिका अध्यक्ष फुल बहादुर गुरुङ , लमजुङ जिल्ला सम्पर्क समितिका भूपू अध्यक्ष राजु घले ,  तमु समू समाज युएईका केन्द्रिय सल्लाकार रुपा गुरुङ लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको सो कार्यक्रममा पाँचै कलाकारहरुले आ-आफ्नो मन्तव्य राख्दै सम्मान ग्रहण गर्ने अवसर पाएको र सम्बन्ध स्थापित गर्ने अवशर पाएकोमामा खुशी व्यक्त गरेका थिए l कार्यक्रममा कलाकारहरुले मन्तव्य दिदै प्रवासमा रहेर पनि अमिट माया पाएकामा गर्व लागेको र आगामी दिनमा अझै प्रगाढ सम्बन्ध स्थापना गर्दै गित , चलचित्र मनोरञ्जन संगै कला सस्कृतीको जग बलियो बनाउदै जाने आसय व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै