2026-09-08 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हय्या कार्ड भए कतार प्रवेश पाइने, नयाँ कामदार आउन नपाइने

साउन ३१, काठमाडौँ | कतारले फिफा विश्वकपका दर्शकहरूलाई मध्यनजर गरी ल्याइएको विशेष व्यवस्था हय्या कार्ड होल्डरहरूलाई आगामी १ नोभेम्बरदेखि २३ जनवरीसम्म आवत-जावत गर्न दिने निर्णय गरेको छ । नोभेम्बरदेखि हय्या कार्ड भएका आगन्तुकहरूलाई मात्र कतार प्रवेश गर्न दिइने र विश्वकप २०२२ का फ्यानहरूलाई थप आवासको विकल्पहरू प्रदान गर्न अल मेसिलाको दरब अल साईमा कारभान्स परियोजना यसै हप्ता सुरु गरिने सुप्रीम कमिटी फर डिलिवरी र लिगेसी अधिकारीका आवास विभागका कार्यकारी निर्देशक ओमार अल-जबिरले बताएका छन् ।

निर्देशक अल-जबिरका अनुसार कतारी आइडी भएकाहरू उक्त अवधिमा कुनै पनि बेला आवत-जावत गर्न पाउनेछन् तर यस अवधिमा नयाँ कामदारहरू भने आउन पाउने छैनन् ।

कुनै पनि खेलको टिकट धारकहरूले हय्या कार्डको फाइदाहरू प्राप्त गर्नेछन् र उपलब्ध आवासको सर्तमा खेल अवधिभर देशमा रहन सक्छन्। हय्या कार्डलाई बहुप्रवेश अनुमति मानिन्छ, जुन २३ जनवरी २०२३ सम्म मान्य हुने ह्याया प्लेटफर्मका कार्यकारी निर्देशक सईद अल-कुवारीलाई उद्धृत गर्दै गल्फ टाइम्सले जनाएको छ ।

फिफा विश्वकप कतार २०२२ को लागि एक अन्तर्राष्ट्रिय ००९७४ ४४४१२०२२ हटलाईन नम्बर ‘२०२२’ लन्च गरिएको छ। जहाँ कतारभित्रका मानिसहरूले कुनै पनि समस्या वा घटनाहरू भएमा सबै सम्बन्धित मुद्दाहरूको बारेमा सोधपुछका लागि जवाफ पाउन सक्नेछन् । हाल, यो सेवा अंग्रेजी र अरबी भाषामा उपलब्ध रहेको र अन्य भाषा पनि विस्तार गरिने बताइएको छ । २० नोभेम्बरदेखि १८ डिसेम्बरसम्म हुने प्रतियोगिताका लागि विश्वभरबाट २० लाख बढी दर्शक आउने अनुमान गरिएको छ । स्रोत : खबरहब

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ