विजय थापा | भदौ २६, डिसी | गत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा | भदौ २६, डिसी | गत"/>

2026-07-04 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१९७४ एडीले डिसीका दर्शकलाई तताए र नचाए


विजय थापा | भदौ २६, डिसी | गत सेप्टेम्बर १० तारिखमा भर्जिनियाको एनाडोलमा आयोजना भएको १९७४ एडीको प्रस्तुतिले दर्शक तातेका र नाचेका थिए l लामो समयको पर्खाई पछि आफ्ना प्रिय कलाकारहरुको प्रतक्ष्य बेजोडको प्रस्तुतिले मन थाम्न नसकी मंच अगाडी, सभा कक्ष बीच ,कुना काप्चा तथा बार्दलीमा समेत दर्शक खुसि र हर्षले झुम्दै गीतमा साथ दिएका थिए l 

प्रारम्भिक चरणमा सभा कक्ष खाली रहेता पनि कार्यक्रम सुरु भए पछि खचाखच भरिएको थियो l नेपाली गीत र संगीतको आकाशमा पृथक पहिचान बनाउन सफल भएको १९७४ एडि  नेपाली परम्परागत बाद्यबादनहरु बाँसुरी ,मादल देखि आधुनिक बाद्यबादन समेत प्रयोग गरेका थिए l 

यो मन त मेरो नेपाली हो ,पुराना लोकप्रिय तथा नया गितियात्राका गीतहरु प्रस्तुत गरेका थिए l अमेरिकाको यात्रालाई हजार सपना यात्रा नाम राखिएको कार्यक्रममा नेपाली समुदायले भरपुर मनोरंजन लिएका थिए l झन्डै एक दशक पछाडी डिसीमा आफ्नो कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुशी लागेको १९७४ एडि का कलाकारले बताएका थिए l 


र ,हामी नेपालबाट आएकोमा हामीलाई हौशला दिन पाल्नु हुने सबै प्रसंशक ,दर्शक आफ्ना साथीभाईलाई १९७४ एडिले बिशेष धन्यवाद दिएका थिए l यसै गरि हजार सपना यात्राका नया गीतका गीतकार लामो समय देखि भर्जिनियामा बसोबास गर्दै आएका अनुप पहाडी(बिध्या वारिधि )ले आफुले रचेको गितलाई चर्चित स्थापित कलाकारले गीत स्वीकार गरि गाई दिएकोमा बिशेष धन्यवाद दिएका थिए l 

यसै गरि यस कार्यक्रमको लागि बिशेष बिज्ञापन प्रायोजित गर्ने पिपुल एन टेक नामक संस्थाले कार्यक्रम हेर्न आएका दर्शकले भरेको चिट्ठाबाट भाग्शाली एक जना बिजेतालाई करिब ४ हजार डलर रकम बराबरको सुचना प्रबिधि सम्बन्धि छात्रवृद्धि यसका संस्थापकले कार्यक्रम बिच प्रदान गरेका थिए l 

कार्यक्रममा डिसी महानगर क्षेत्रमा रहेका स्थानीय कलाकारको संगीत मण्डलीको साथै भर्जिनियाकि बिद्यार्थी प्रकृति देउजाले सांगीतिक साँझ शुभारम्भ हुनु आ-आफ्ना गीतहरु प्रस्तुत गरेका थिए l कार्यक्रममा आयोजक संस्था भिन्तुना अन्तर्राष्ट्रियका सदस्यहरु कालो वस्त्रमा उपस्थिति भएका थिए भने कार्यक्रम संचालन अन्जना बुढाथोकी सापकोटाले गरेकी थिइन् l  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो