2026-09-08 04:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माल्दिभमा नेपाली एम्बेसी नहुदा मर्कामा नेपाली कामदार !

भदौ ७, काठमाडौँ | पछिल्लो समय नेपालीको निमित्त वैदेशिक रोजगारी रोजाईको केन्द्र बन्दै गयको माल्दिभमा नेपाली एम्बेसी नहुदा यहाँ रहने नेपाली कामदार मर्कामा परेका छ्न । भौगोलिक दृष्टिले सानो भयता पनि आर्थिक दृस्ठिकोण बाट निकै मजबुलरहेको यो माल्दिभमा लगभग ३ हजार हाराहारीमा नेपाली कामदार रहेको अनुमान गरिएको छ । 

अमेरिकन डलर १ बराबर जम्मा १५.४२ रुफिया भएको माल्दिभमा वैदेशिक रोजगारको लागि नेपाली, बाङ्गलादेशि पाकिस्तानी ,इन्डोनेसियन र फिलिपिन्सि प्रस्ताव रहेका छन । टापु नै टापुले बनेको सहर अनि ती टापुमा बनेका लग्जरी रिसोर्टमा बलिवुड हलियुड देखि राजकुमार हरुको मनोरञ्जन को केन्द्र बिन्दु रहेको छ। 

पर्यटन र माछा बाट सम्पन्न यो देशको जनसंख्या लगभग ५ लाख रहेको पछिल्लो जानकारी छ । प्रायः सबै देशको राजदुतावास भएको माल्दिभमा नेपाली राजदुतावास नहुनु आफैमा लज्जित बिषय पनि हो । सार्क रास्ट्रको एउटा हिस्सा रहेको माल्दिभमा नेपाली एम्बेस्सी नहुनुको कारण चाहिँ के होला ? यहाँ काम गर्ने कामदार सानो होस या ठूलो आफ्नो दुखेसो पोख्ने समेत ठाउँ नहुदा यहि रहेका नेपाली एक आपसमा आफ्ना दुख सुख साटासाट गरेर एक अर्कालाई सहयोग गर्दै आयका छ्न । 

पासपोर्ट रिनु गर्नको निमित्त होस या अन्य कुनै कामको लागि होस हामिले श्रीलंका मा रहेको नेपाली राजदुतावास गुहार्नु बाहेक अन्य कुनै विकल्प छैन । प्रायः नेपाली दिदीबहिनी हाउस मेडमा हुनुहुन्छ भने अधिकाङ्श  दाजुभाइ सेक्रेटिमा रहनु भएको छ केही दिदीबहिनी माछा फ्याक्ट्री र पसलमा सेल्स अनि रिसोर्टमा हुनुहुन्छ भने दाजुभाइ रिसोर्टमा कुक देखि ड्राइभर र कन्ट्रक्सन लेबरमा रहनु भयको छ। 

पछिल्लो समय नेपाल बाट श्रम स्वकृती गरेर दिनानुदिन यति धेरै नेपाली माल्दिभ आईरहदा पनि किन नेपाल सरकारले यहाँ रहेका नेपाली को निमित्त भयपनी आफ्नो एउटा राजदुतावास यहाँ खोल्न सक्दैन ? के माल्दिभमा रहने नेपाली लाई अप्ठ्यारो प्रदैन र ? अप्ठ्यारो पर्दा हामी कहाँ शरण लिनजाने नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ