Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भिजिट भिसामा कुवेत हिँडेका ३९ जना महिलालाई विमानस्थलबाट प्रहरीले फर्कायो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ८, काठमाडौं | भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै रोकेको छ।

बुधबार बिहान साढे ३ बजे अल जजिराको उडानबाट कुवेत जान लागेका ३९ महिलालाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले रोकेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए।

‘दुबई जाने सिधा फ्लाइट पनि छ। तर कुवेत हुँदै दुबई कमै जान्छन्। त्यो पनि घुम्नलाई भिजिट भिसामा,’ उनले भने, ‘मान्छेहरूले छोटो-सस्तो भाडा खोज्छन्। तर उनीहरूले यसरी यात्रा गर्न लागेको हुँदा शंका लागेको हो।’ एसएसपी क्षेत्रीले भने।

त्यहाँ भएका महिलाहरू धेरैले मजदुरी गरिरहेको पनि प्रहरीको भनाई छ। मजदुरी गरेर काम गर्नेले दुबईमा घुम्न सक्छौं त भनेर प्रहरीले प्रश्न गर्दा उनीहरूले उत्तर नदिएको प्रहरीले जनाएको छ।

‘उनीहरू भिजिट भिसामा जान लागेका हुन्। कहाँ जान लागेको भन्दा दुबई घुम्न भन्छन्। घुम्न जानलाई पैसा छ भन्दा बैंकको कागज देखाउँछन्, कागज एउटा बैंकको बोकेका छन्। भन्दा अर्कै बैंकको नाम लिन्छन्,’ उनले भने, ‘सोधपुछ गर्दा शंकास्पद लागेर हामीले रोकेका हौ।’

उनीहरूलाई प्रहरीले माइती नेपालमा बुझाएको छ।