भदौ १०, काठमाडौं | अमेरिकाको ग्रीन कार्डकोलागि ५० लाखसम्म पैसा लाग्ने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले संखुवासभाका परबिन राई, नवलपरासीका ओमकार गुप्ता र इलामका सञ्जय तामाङ रहेका छन् । उनीहरुले अमेरिकी ग्रीन कार्डको प्रक्रियाका लागि २ वर्ष समय लाग्ने र त्यसका लागि ५० लाखसम्म पैसा लाग्ने भनेर दर्जनौँबाट मोटो रकम असुल गरेर करोडौँ ठगिसकेको पाइएको रेग्मीले बताए ।

उनीहरुले प्रेसिडेन्टल इमिग्रेसनको नाममा कार्यालय खोलेर ग्रीन कार्डको प्रलोभन देखाउँदै ठगी गर्ने गरेको खुलेको छ । अनुमति बिना सञ्चालित कार्यालयमा पुग्नेलाई उनीहरुले जापान, क्यानडा तथा अमेरिकाको ग्रीन कार्ड ग्यारेन्टीका साथ उपलब्ध गराउने भन्दै ठगी गर्ने गरेको खुलेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Related News