मलेसियाका पूर्वप्रधानमन्त्री नजिबकी पत्नी घुस लिएकोमा दोषी करार

साझासवाल

एजेन्सी | मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब राजककी पत्नी घुस खाएको आरोपमा दोषी पाइएकी छन् । सारावाकमा सौर्य ऊर्जासम्बन्धी परियोजनाका लागि रोस्माह मनसुरले ४.३ करोड अमेरिकी डलर घुस खाएको तीनवटा आरोप लागेको थियो ।

उनले सबै आरोप खारेज गर्दै आइरहेकी थिइन् । तर बिहीबार उच्च अदालतले पूर्व प्रथम महिलालाई तीन आरोपहरूमा दोषी करार गरेको हो । उनका पति नाजिबले भ्रष्टाचार मामिलामा केही दिन अघिदेखि मात्र १२ वर्ष जेल सजाय सुरु गरेका थिए ।

रोस्माहमाथि अझै सम्पत्ति शुद्धीकरण र कर छलीसम्बन्धी १७ वटा अन्य मुद्दाहरू रहेका छन् । उनले ती आरोपहरू अस्वीकार गर्दै आइरहेकी छन् । ७० वर्षीया रोस्माह उनको महँगो आभूषण र विलासी वस्तुप्रतिको मोहका लागि चिनिन्छिन् ।

सन् २०१८ मा मलेसियाको प्रहरीले उनको घरमा छापा मार्दा १६ लाख डलर बराबरको सुन र हिराको हार, करोडौँ मूल्यको ब्यागहरू फेला पारेको थियो ।-बीबीसी

Leave a Comment

Leave a Reply