पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ६, काठमाडौँ | </b>दुबईमा एक नेपालीले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । <br></p><p>विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरतले पाँच विजेता नम्बरहरू – १६, २७, ३१, ३७, ४२ मिलाएर शीर्ष पुरस्कार प्राप्त गरे। १ करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।</p>

