<p><b>असोज १०, काठमाडौं | </b>कतारस्थित नेपाली दूतावास दशैंमा २ दिन बन्द हुने भएको छ । विजयादशमी अवसरमा असोज १८ र १९ गते दूतावास बन्द रहने भएको हो । २ दिन दूतावासमा हुने कुनै पनि किसिमका कामहरू नहुने दूतावासले जनाएको छ ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/6b16f5d5f641257062a419fc5515ddbf1664184294.jpg" style="width: 871px;"><br></p><p> २० गतेदेखि पूर्ववत् रूपमा खुल्ला रहने र नियमित काम सुचारू गरिने दूतावासले एक सूचना जारी गरेर जानकारी दिएको छ । विजयादशमीको अवसरमा कतारमा समेत विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । कतारमा रहेको विभिन्न संघ संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् ।</p>
Related News


