पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>असोज ११, काठमाडौं | </b>अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो बुधवार नेपाल आउने भएकी छिन् । उनी नेपालसहित युएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमणमा रहेको अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । </p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/4d7b22daf1d46bccfc6f00c8aba7c3261664268619.jpg" style="width: 1000px;"><br></p><p>नेपालमा उनले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा बिगतमा भएका आदनप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफलमा सहभागी हुने कार्यक्रम छ । यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका बिषयक कार्यक्रममा पनि उनको सहभागीता रहने विज्ञप्तिमा जनाइएको छ । </p>

