असोज १२, काठमाडौं | गायन रियालिटी शो ‘द भ्वाइस’को अमेरिकी संस्करणमा नेपाली मूलकी १७ वर्षीया किशोरी परिजिता बाँस्तोलाले लोभलाग्दो प्रस्तुति दिएकी छन् । मंगलवार राति शोको ब्लाइण्ड अडिसनमा उनले प्रस्तुति गर्दा चारैजना कोच मन्त्रमुग्ध भए । उनको प्रस्तुतिमा सबै कोच टर्न भएका थिए । उक्त शो मा जोन लेजेण्ड, क्यामिला काबेलो, ग्वेन स्टेफानी र ब्लेक शेल्टन कोचका रूपमा भूमिका निभाइरहेका छन् ।

चारैजना कोचले परिजिताको गायकीको खुलेर प्रशंसा गरे । उनले तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएकी थिइन् । निर्णायकहरूले उनीसँग सहकार्य गर्न गाउँदा खुशी लागेको समेत बताए ।

परिजिताले आफ्नो कोच छान्नुअघि चारैजना निर्णायकलाई नेपालबाट लगेको रुद्राक्षको माला घाँटीमा लगाइदिएकी थिइन् । परिजिताको प्रस्तुतिको भिडियो सार्वजनिक भएसँगै चौतर्फी तारिफ भइरहेको छ ।

द भ्वाइसको अमेरिकी संस्करणमा नेपाली किशोरीको चमत्कार
Leave a Comment