Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बेलायत पठाउने नाममा ठगी, सरकारको चासो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १२, काठमाडौं | सरकारी कोटामा बेलायत जान चाहने नेपाली नर्ससंग विभिन्न बहानामा पैसा असुलेको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

विभिन्न व्यक्ति तथा संस्थाहरुले सरकारका सम्बन्धित अधिकारीहरुसंग समन्वय गराइदिने आश्वासन देखाएर ठगी गरेको भन्ने केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रपत्रिकामा समाचार प्रकाशित भएपछि मन्त्रालयले यसबारे चासो देखाएको हो ।

यस प्रकारको कार्यले सरकारबाट लिइएको सुरक्षित र व्यवस्थित आप्रवासन नीति कार्यान्वयनमा जटिलता आउने मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेद्धारा हिजो जारी विज्ञप्तिमा उल्लेख छ । साथै, कुनै पनि व्यक्ति तथा संस्थाहरुलाई गैरकानूनी कार्य नगर्न–नगराउन मन्त्रालयले आग्रह गरेको छ ।

‘यस प्रकारका कार्यले नेपाल सरकारबाट लिइएको सुरक्षित र व्यवस्थित आप्रवासन नीति कार्यान्वयनमा जटिलता आउने हुनाले संलग्न व्यक्ति तथा संस्थाहरुबाट यस प्रकारका गैरकानूनी कार्य नगर्न नगराउन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकार र बेलायत सरकारबीच सम्पन्न समझदारी प्रतिकूल हुने कुनै पनि क्रियाकलापप्रति मन्त्रालयले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र यस कार्यमा संलग्नलाई वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।

त्यस्तै, मन्त्रालयले बेलायत सरकारका सम्बद्ध अधिकारीहरुसँग निरन्तर वार्ता गरी कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने तयारी भइरहेको जानकारी गराएको छ । उक्त ढाँचा स्वीकृत भएपछि नेपाली नर्सहरुलाई बेलायतमा रोजगारी प्रदान गर्दा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया पारदर्शी तवरले अगाडि बढ्ने मन्त्रालयले प्रष्टाएको हो ।